न्यूरोडबाट सात किलो अवैध सुन बरामद


काठमाडौं । प्रहरीले काठमाडौंको न्यूरोडबाट अवैध करिब सात किलो सुन बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले मंगलबार राति न्युरोडमा रहेको सुन गाल्ने कारखानामा छापा मारेर  उक्त सुनसहित १ जनालाई पक्राउ गरेको हो।

कारखानाबाट ७ किलो ८ सय ग्राम सुनसहित ओमपाल गोल्ड शपका सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ।

प्रहरीका अनुसार बरामद सुनमध्ये केही बिस्कुट आकार र केही गहना बनाइसकेको अवस्थामा फेला परेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।