घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं ।

बुधबार सुनको मूल्य घटेको छ। मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला आठ सय रुपैयाँले घटेको हो। बुधबार छापावाल सुन १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै आज तेजाबी सुन पनि १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन १ लाख १९ हजार २ सय रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदी पनि तोलामा २० रुपैयाँ घटेको छ। चाँदी अघिल्लो दिन १५ सय प्रतितोलामा कारोबार भएकोमा आज १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्