न्युरोडमा तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, सञ्चालक पक्राउ

0
Shares

काठमाडौं ।

काठमाडौंको न्युरोडस्थित एक सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार राति न्युरोडस्थित कारखानामा छापा छापा मारेर १ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कैलाली घर भएका ४१ वर्षीय पदम प्रसाद पाण्डे रहेको प्रहरी स्रोतले जनाएको छ। प्रहरीकाअनुसार न्यु ओमपर्ल गोल्ड प्रालिका सञ्चालक समेत रहेका कैलाली घर भई काठमाडौंको सानोभर्‍याङ बस्ने ४१ वर्षीय पाण्डे पक्राउ परेका हुन्।

प्रहरीले सुन समेत बरामद गरेको छ। यद्यपि कति परिमाणको सुन हो भन्ने यकिन भइसकेको छैन। ५ किलो भन्दा बढी सुन हुनसक्ने प्रहरीको अनुमान छ।

पाण्डेले न्यूरोडमा सुन पसल चलाउनुका साथै अवैध सुन गाल्ने कारखाना समेत सञ्चालन गरेको पाइएकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ।