बोरामा भेटिएका शवकाे भएन पहिचान, चितवन प्रहरीद्वारा  स्केच सार्वजनिक 



चितवन ।

 साता दिन नाघिसक्दा पनि सनाखत हुन नसके पछि चितवन प्रहरीले दुई मृतकको स्केच सार्वजनिक  गरेको छ ।

 जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर–१२ मिलन चोकमा बोराभित्र मृत अवस्थामा फेला परेका महिला र पुरुषको स्केच तस्बिर सार्वजनिक गरेको हो ।

 गत मंशिर ६ गतेभरतपुर महानगरपालिका वडा– १२ मिलनचोक स्थित पूर्व पश्चिम लोकमार्गको गोन्द्राण केन्द्रीय बस टर्मिनल बसपार्क सडक खण्डको केरुङगा घोल खोलाको कल्भर्ट मुनी जुटको बोरा भित्र शंकास्पद रुपमा बोरामा दुई शव फेला पारेको थियो ।

 अन्दाजी २४–२५ वर्ष उमेर देखिने ५ फिट ७ इन्च उचाइ भएको पुरुष र सोही  स्थानमा ३०-३१ बर्षकी ५ फिट ३ इन्च उचाइ भएकी महिलाको शव सडेगलेको अवस्थामा फेला परेको थियो ।

 सो शव फेला पारेपछि ७७ वटै जिल्ला प्रहरी कार्यालय लगायत सीमावर्ती भारतीय इलाकाहरुमा समेत हुलिया परिपत्र गर्दा हालसम्म मृतकहरूको सनाखत तथा पहिचान हुन नसके पछि प्रहरीले स्केच सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्