विमानस्थलभित्र यात्रुको ह्याण्डब्यागमा आगो लागेपछि…



काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एकजना यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । विमानस्थल स्राेतकाअनुसार उनको ह्याण्डब्यागमा रहेको पावर बैंक पड्किएर आगो लागेको हो ।

उनी बोर्डिङ पास लिएर विमान चढ्नको लागि प्रतिक्षालयमा बसिरहेका थिए । सोही बेलामा ब्याग भित्र रहेको पावर बैंक पड्किएको हो ।

एयर चाइनाको जहाजबाट चीन जान लागेको यात्रुको ह्याण्डब्यागमा आगो लागेको विमानस्थल स्रोतले बतायो ।विमानस्थलभित्र ठूलो क्षति भने नभएको विमानस्थल  जानकारी दिएकाे छ  ।

प्रतिक्रिया दिनुहोस्