दाेलखामा गाेली लागेर युवकको मृत्यु, ६ जना पक्राउ


काठमाडौं ।

दोलखाको तामाकोसी गाउँपालिका-२ झुलेमा सिकार खेल्ने क्रममा भरूवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झुलेका २० वर्षीय संजिव सार्की रहेको प्रहरीले जनाएको छ । जंगलमा  सिकार खेल्न गएका संजिवले आफैँले चलाएको भरूवा भाँचिएर छातीमा छर्रा लागेर घाइते भएका थिए ।

उनको उपचारका लागि पशुपति चौलागाईं स्मृति प्रादेशिक अस्पतालमा ल्याइएकाे थियाे  । आइतबार बिहान उपचारकाे क्रममा मृत्यु भएको प्रहरीले जानकारि दिएकाे छ । उनीसँगै शनिबार साँझ सिकार खेल्न गएका ६ जनालाई प्रहरीले भरूवा बन्दुकसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।