सामाजिक सञ्जाल निर्देशिका जारी

नेपाली खेलकर्मीको नेपाल समाचारपत्रबारे विचार



नेपालको प्रतिष्ठित मिडिया हाउसमध्ये एक कामना न्युज पब्लिकेशन आजबाट ४० औं वर्षमा प्रवेश गरेको छ । कामना न्युज पब्लिकेशनअन्तर्गत प्रकाशित राष्ट्रिय दैनिक नेपाल समाचारपत्रबारे खेलकुदकर्मीको विचार पनि लिएको छ । यसैक्रममा केही खेलकुदप्रेमीको नेपाल समाचारपत्रबारे के भन्नुभयो यसबारे यहाँ प्रस्तुत गरिएको छ ।

जीवनराम श्रेष्ठ सांसद तथा अध्यक्ष, नेपाल ओलम्पिक कमिटी)
कामना न्युज पब्लिकेशनको ४० वर्ष यानि ४ दशकको अनुभव इतिहास विश्वसनीयताको पक्ष छन् । यसलाई अझै प्रभावकारी ढंगले जान्छ भन्ने कामनासहित यस पब्लिकेशनलाई मेरो ह्दयदेखि शुभकामना छ । यहाँसम्म पु¥याउन मेहनत गर्नुभएको टोली बधाइको पात्र हुन् । पहिलो यसले विगतमा राष्ट्रिय दैनिकमा सत्य तथ्य समाचार दिनेमा सक्रियतापूर्वक समाचार सम्प्रेषण गर्दै आएको थियो । राष्ट्रिय दैनिकको हिसाबले समाचार तथस्थ रुपमा आउने गर्छ । पाठकको बीचमा पनि निकै छुट्टै पेहचान बनाएको दैनिक पत्रिका हो यो । हिजो सत्य तथ्य समाचार छाप्ने नेपाल समाचारले अझ व्यवस्थितरुपमा समाचार छाप्न खाँचो पनि छ । उपत्यकाका पक्षमा समाचार उजागर गर्ने लगायत खेलकुदको समाचार पनि राम्ररी नै कभरेज गरिएको पाइन्छ । खेलकुदको हिसाबले भन्नु पर्दा यसको छुट्टै पहिचान छ । खेल समाचार सम्प्रेषण गरेर खेलकुदको विकासमा महत्वपूर्ण भुमिका पनि खेलेको छ । सबै पक्षलाई निरन्तरता दिने र प्रभावकारी ढंगले अझ अगाडि बढोस भन्ने मेरो र नेपाल ओलम्पिक कमिटीको टिमबाट नेपाल समाचारपत्रको वार्षिकोत्सवको सुअवसरमा फेरि एकपटक शुभ कामना दिन चाहन्छौ ।

उपेन्द्रमान सिंह

(नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक तथा कप्तान)
सर्वप्रथम त कामना न्युज पब्लिकेशनको ४० औं वार्षिकोत्सवको उपलक्ष्यमा पब्लिकेशनको टिमलाई शुभकामना छ । अहिले पनि नेपाल समाचारपत्रले सन्तुलित गरेर नै खेल समाचार छापिएको देखिन्छ । पहिले डिजिटल थिएन, अहिले युग नै डिजिटल भएको हुनाले यसको प्रभाव पेपरलाई पर्ने भइहाल्यो । तर, पनि समाचारपत्रमा खेलकुद समाचार आइरहनु पनि यसले पत्रिकाको प्रतिष्ठालाई जोगाइरहेकै छ भन्नुपर्छ, यसको लागि नेपाल समाचारपत्रको टिमलाई बधाइ पनि छ । त्यसो त, नेपाल समाचारपत्रले पहिले निकै राम्रो खेलको समाचार छापिने गथ्र्यो । पुष्कर दाईको पालामा खेललाई महत्व दिने गथ्र्यो । त्यतिबेला समाचारपत्रमा खेलको समाचार पढ्नु निकै रमाइलो अनुभव पनि छ । मेरो पनि कति समाचार आएको थियो । अहिले नराम्रो भन्न पनि खोजेको होइन । यो पत्रिका मलाई एकदम मनपर्छ । मैले खेलकुद समाचार नै पहिले हेर्ने गर्छु । किन भने नि म खेलाडी भएको नाताले खेल पेज नै हेर्ने मेरो बानी छ । अरु पेज त्यति हेरिँदैन ।

अनिल गुरुङ
(नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान)
कामना न्युज पब्लिकेशनको ४० औं वार्षिकोत्सवको उपलक्ष्यमा शुभकामना छ र आगामी दिनमा अझै राम्रो होस् भन्ने मेरो कामना पनि छ । मैले यो राष्ट्रिय दैनिक नेपाल समाचारपत्र बच्चादेखि नै फलो गरिरहेको छु । अहिले सम्म पनि यो चलिरहनु भनेको कुनै ठट्टा पनि होइन । अहिले डिजिटलको जमानामा पेपरलाई चलाइराख्नु ठूलै चुनौती पनि हो । आज सबैको हातमा मोबाइल छ र त्यसैमा छिटै समाचार हेर्ने बानी परिसकेको अवस्था छ । तापनि नेपाल समाचारपत्रले वेबसाइट पनि खोलिसकेको छ । वेबसाइट र पत्रिका सँगैसँगै चलाइराखेको छ । जे होस यो राम्रो तरिकाले गइरहेको छ । नेपाल समाचारपत्रमा विगतमा म खेलिरहँदा मेरो धेरै समाचार आएको थियो । मसँग अहिलेपनि यसमा छापिएका मेरा फोटो र समाचारको संकलन कपि छ । अहिलेकाहरुले थाहा नहोला, तर पत्रिका ब्रान्ड नै भइसकेको छ । अहिले अनलाइनले गरेर मान्छेहरुले पत्रिका हेरेर पढ्ने कम रुचि राख्ने गर्छ ।


दिपक श्रेष्ठ
करातेका पूर्व खेलाडी
पहिले त ४० औं वार्षिकोत्सवका लागि नेपाल समाचारपत्रलाई धेरै धेरै शुभकामना छ । पुष्कर दाईले खेलाडीलाई निकै प्राथमिकतामा राख्नु भएको थियो । मेरो समाचार पनि धेरै आयो यो पत्रिकामा । खेलकुदबारे समाचार अनगिन्ति छापिएको थियो । मेरो लागि यो समाचारपत्र प्लेटफर्म जस्तै पनि बनेको थियो । यसले अझ पनि उन्नति गरोस, यह्री शुभकामना छ । तर, पछिल्लो समयमा कम देखियो, बजारमा पाउन पनि नसकिने अवस्था छ । के भएर भएको हो ? त्यो त थाहाभएन । पहिले यो नेपाल समाचारपत्र नम्बर एक थियो, अहिले किन यसरी ओझेलमा पर्दै गएको हो ? पेज पनि कम भएको देखिन्छ । यसमा अलि ध्यान दिनुपर्ने देखिन्छ ।

नरेश रावल
(अन्तर्राष्ट्रिय लेभल २ कोच, टेबलटेनिसका अन्तर्राष्ट्रिय अम्पायर)
कामना न्युज पब्लिकेशनको ४० औं वार्षिकोत्सवको अवसरमा म व्यवस्थान र सम्पूर्ण टोलीलाई उहाँहरुको शानदार कामको लागि बधाइ दिन चाहन्छु । आशा गर्दछु कि यो भविष्यमा पनि जारी रहनेछ र राम्रै होस् भन्ने कामना गर्दछु । कामना न्युज पब्लिकेशनअन्तर्गतको राष्ट्रिय दैनिक नेपाल समाचारपत्रले विशेष गरी खेलकुद क्षेत्रमा विगत धेरै दशकदेखि उल्लेखनीय र उत्कृष्ट कभरेज गरिरहेको छ । यसले जिल्लास्तरीय प्रतियोगिता मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितालाई पनि अधिकतम उचित र विस्तृत कभरेज दिने गरेको मैले देखेको छु । जसले खेलक्ुदका व्यक्तित्वहरुलाई हौसला प्रदान गरेको छ र नेपालमा खेलकुदको उत्थानमा सहयोग पु¥याएको छ । यस्तो काम अझै होस् र खेलाडीले नेपाल समाचारपत्रलाई बिर्सन नसकुन भन्ने कामना पनि छ ।

प्रतिक्रिया दिनुहोस्