नीर शाह फिल्म निर्देशक तथा अभिनेता
नेपाली पत्रकारिता जगतमा एउटा कालखण्ड सफलताका साथ पार गरेकोमा कामनालाई हार्दिक शुभ कामना। कामनाले आगामी दिनमा पनि सफलताको श्रृखला पार गर्न सकोस्।
आजको दिनमा स्वंर्गीय पुस्करलालजीलाई स्मरण गर्नुपर्छ। किनभने उहाँले कामनामार्फत पत्रकारिताको क्षेत्रमा बेग्लै आधारस्तम्भ गाड्न सफल हुनु भएको छ। त्यसैले उहाँलाई म दिवंगत भएकै मान्दिन्। म र चलचित्र जगतको लागि उहाँ संधै अमर हुनुहुन्छ। कामना आफ्नै अगाडि जन्मेर हुकँदै गरेको देख्ने अवसर पाउने व्यक्तिमध्ये म पनि एक हुँ। कामनाको डमी तयार गरेर फोटोको लागि खाली ठाउँ राखेर पुष्करजी, विजय पाल्पाली र अशोकमान श्रेष्ठजी मकँहा सल्लाहको लागि आउनु भएको थियो। मैले त्यहि बेला कामनामा लेखिएका अक्षरहरु ईतिहासमा एकदिन चर्चा हुनेछ र यसमा छापिएका शब्द र तस्विरको चर्चा नगरी पत्रकारीताको ईतिहास पुरा हुने छैन। यसले एकदिन ईतिहास रच्नेछ भनेको थिएँ। त्यस कारण कामनालाई छिट्टै प्रकाशन गर्नु पर्छ भन्ने सल्लाह दिएको थिएँ । त्यहि सल्लाहपछि अभिनेत्री शर्मीला मल्लको फोटो राखेर छापिएको थियो।
२०४१ सालमा कामनाको पहिलो अंक बजारमा आएको थियोत्यहि बेला नेपाल टेलिभिजनको स्थापनको चर्चा चलिरहेको थियो भने चलचित्र क्षेत्रलाई पनि अझ दरिलो रुपमा उभ्याउने माध्यमको आवश्यकता शत प्रतिशत थियो। त्यहि बेला कामनाको प्रारम्भ भएको थियो। कुनै पनि प्रतिफलको आशा नगरी र आफ्नो निष्ठा र सिद्धान्तमाथि सम्झैता नगरी निरन्तर कर्ममा लागिरहने पुष्करजीले कामनालाई अघि बढाउँदै गर्दा ठुलै संघर्ष गर्नू भएको छ। त्यसको साक्षी म पनि हुँ। हजारौ माईलको यात्रा तय गर्नलाई पहिलो पाईला नै फूर्तीलो हुनुपर्छ भन्ने भनाईको उदहारण पुष्करजी हुनुहुन्छ। उहाँले ईतिहासको त्यो कालखण्डमा कामनाको स्थापना मात्र नभई पत्रकारिता जगतमै सुन्दर प्रयोग गर्नुभएको थियो। फिल्मी पत्रिका कामना हँदै, साधना, सन्ध्याकालिन महानगर, नेपाल समाचारपत्र दैनिक हँदै बृहत नेपाली सञ्चार गृहको रुपमा कामना परिवारको योगदान अद्धितिय छ। कामना परिवारलाई फेरि पनि हार्दिक बधाई, उच्च सफलता र प्रगतीको कामना।
मैले फिल्मी पत्रिका चल्छ र भनेको थिए
मदनकृष्ण श्रेष्ठ
हास्यव्यग्य अभिनेता
कामना सुरु गर्दा पुष्करलालजीले एउटा फिल्मसम्बन्धि पत्रिका निकाल्नु प¥र्यो भनेर सल्लाह गर्नू भएको थियो। मैले यति थोरै फिल्म बन्ने बेला फिल्मसम्बन्धि पत्रिका चल्छ होला र भनेको थिए। नभन्दै कामना निस्कियो र पाठकमाझ यसको लोकप्रियता चुलिँदै गयो। मैले पनि दुई वर्षसम्म कामनामा पाठकहरुको जिज्ञासासम्बन्धि स्तम्भ चलाए। त्यति बेला पाठकहरुले प्रश्न लेखेर हुलाकमार्फत पठाउने गर्नुहुन्थ्यो अनि मैले पाठकको जिज्ञासा कामनामार्फत मेटाउने गर्थे। मेरो कोठाभरी पाठकहरुको पत्र हुन्थ्यो। एकजना व्यक्ति हुनुहुन्थ्यो, जो प्रत्येक महिना मेरोमा आएर कामनाको पाठकले चिठी पठाएको खाम बाहिरको टिकट बटुलेर लानु हुन्थ्यो। मैले तपाई यो टिकट लगेर के गर्नुहुन्छ भन्दा उहाँले टिकट बेचेको पैसाले छोराछोरीको फिस तिर्ने गरेको छु भन्नुहुन्थ्यो। मलाई पनि उक्त स्तम्भको स्पोन्सरले रारा चाउचाउ पठाउने गर्नुहुन्थ्यो। एकपटक कामनामा मेरो र हरि (हरिवंश आचार्य ) को फोटो छापिएको थियो। तर मेरो फोटोमा हरिको नाम र हरिको फोटोमा मेरो नाम छापिएको थियो। गल्ती भए पनि रमाईलो भएको थियो। हामी त्यो बेला निकै हास्यौँ। अहिले पनि बेला बेलामा सम्झिन्छु। पुष्करजीले कामनाको स्थापनादेखि यसलाई अघि बढाउने क्रममा धेरै दुःख झेल्नुभयो। हामी कामनामार्फत नै राम्रो र बेलाबेलामा झगडा गर्ने साथी भएका थियौं। कामनाले कलाकारको खवरलाई निकै महत्व दिएर लेख्ने गथ्र्यो। कलाकारको पहिचान निर्माणमा कामनाले निकै योगदान दिएको छ। अहिलेको कम्पिटिशनको जमानामा आफ्नो प्रकाशनहरुलाइ निरन्तरता दिन त्यति सजिलो छैन। विभिन्न चुनौतीलाई आत्मसाथ गर्दै अघि बढेको कामना अझै अघि बढ्दै जाओस्।
कामना सबैले विश्वास गर्ने पत्रिका हो
भुवन चन्द थापा
प्रथम अभिनेत्री
कामना नेपाली फिल्म क्षेत्रसंग सम्बन्धित मलाई मन पर्ने पत्रिका हो। यसले कला जगत र कलाकर्मीको लागि संधै साथ दिँदै आएको छ। पत्रकारीताको जगतमा लामो योगदान दिएको कामनाले फिल्म अवार्ड पनि सुरु गरेको थियो। उक्त फिल्म अवार्ड के कारणले रोकियो थाहा छैन, तर फेरि निरन्तरता होस भन्ने चाहन्छु। कामनाका संस्थापक पुष्करलाल श्रेष्ठजीले हामी कलाकारहरुलाई निकै श्रद्धा गर्नुहुन्थयो। कामना फिल्म अवार्ड लगायत कामनाका हरेक कार्यक्रममा सम्झेर बोलाउने गर्नुहुन्थ्यो। कामना सबैले विश्वास गर्ने पत्रिका हो। आगामी दिनमा हामी कलाकारहरुको विश्वासमा अडिग रहि अझ प्रगती गर्दै अगाडी बढोस्। हार्दीक शुभ कामना
कामनाले राम्रो कामलाई सराहना र कमीकमजोरीलाई औंल्याएर मार्गदर्शन गरेको छ
भूवन केसी
अध्यक्ष, चलचित्र विकास बोर्ड
जसरी नेपाली कलाकारले फिल्म क्षेत्रलाई यहाँसम्म ल्याउन संघर्ष गरेका छन्, त्यसरी नै कामनाले पनि फिल्म क्षेत्रमा संघर्ष र योगदान दिएको छ। फिल्म क्षेत्र यहाँसम्म आईपुग्न कामनाको पनि हात छ। यसले पत्रकारीताको माध्यमबाट कलाकर्मी र कला क्षेत्रको सत्य तथ्य सूचना पाठकसामू पु¥याएको छ। कामनाले मैले कला क्षेत्रमा गरेका राम्रा कामलाइ समाचारको रुपमा प्रस्तुत गरेर हौसला प्रदान गरेको छ भने मेरा गल्ती, कमीकमजोरी र त्रुटीहरुलाई औंल्याउँदै आएको छ। त्यसलाई मैले मार्गदर्शनको रुपमा लिएको छ। अबको दिनमा गसिप न्दा पनि सत्यतथ्यमा आधारित समाचार लेखेर र धेरै भन्दा धेरै पाठकको हात हातमा कसरी पुग्न सकिन्छ भन्ने कुरालाई ध्यान दिएर अघि बढोस् भन्ने चाहन्छु। आगामी दिनमा पनि उच्च सफलताको शुभ कामना।
कामना तिम्रो चालीस वर्षे जोवनलाई सलाम
मिथिला शर्मा
अभिनेत्री
रंगमञ्च र चलचित्र क्षेत्रको राम्रो कामलाई स्यबासी र प्रोत्साहन दिने लक्ष्य लिएर जन्मेको कामना चालीसौँ वर्ष पुगेकोमा हार्दिक बधाई तथा शुभकामना। कामना भन्नासाथ मलाई पुष्करलाल श्रेष्ठजी अनि उहाँले मसँग कुरा गर्दा भनेको कामना चलचित्र क्षेत्र र चलचित्र्कर्मीलाई सम्मान गर्न मात्र हैन गल्ती हुन लागेमा खबरदारी गर्न पनि उठाइएको कलमी यात्रा हो याद आउने गर्छ। समयसँगै आफुलाई हुर्काउँदै, नयाँ प्रविधि अपनाउँदै, अप्ठेरा परिस्थितिको चुनौतीसँग जुध्दै समकालीन सहकर्मी पत्रकारितासँँग प्रतिस्पर्धा गर्दै अनि सबैलाइ समाचर सम्प्रेषण गर्दै निकै पाको भयौ। कामना परिवारका बिभिन्न रुप अनि तिनलाई चलायमान बनाई राख्ने सबै मन, मस्तिष्क र हातहरु मात्र है, तिनलाई बोकेर हिंड्ने खुट्टाहरु सबै सबैलाई हार्दिक बधाई तथा शुभकामना छ। कामना, तिमी सबैको प्रिय र विश्वासीलो थियौ, छौ र रहिरहने छौ।
कामनाको लागि हङकङबाट रङ बोकेर ल्याईदिएकी थिए
लक्ष्मी गिरी, अभिनेत्री
कामना पत्रिकाको त्यो बेलादेखिको गौरव अहिलेसम्म घटेको छैन। कामनाले कला क्षेत्रमा भएका विभिन्न खवर राख्ने गथ्र्यो भने हुईंयामार्फत फँटयाई पनि गथ्र्यो। २०४७ साल जेठमा मदन दाई हरि दाईलगायत हामी कलाकार अमेरिका गएका थियौं। त्यो बेला कामनाले एयरपोर्टको फोटो सहितको समाचार छापेको थियो। त्यो समाचार हेरेर मलाई धेरै समयसम्म तिमी अमेरिका गएको थियौ हो भनेर सोधेका थिए। कामनाले त्यसरी कलाकारको बारेमा राम्रा खवर छापेर हौसला प्रदान गथ्र्यो। एकपटक मह जोडीलगायत हामीहरु हङकङ कार्यक्रमका लागि गएका थियौं। त्यो बेला कामना अब रंगीन छापिने भनेर रङ बोकेर ल्याएकी थिएँ। त्यस समयमा नेपालमा रंगीन पत्रिका छाप्न रङ अभाव भएकाले हङकङदेखि रङ मगाएर पुष्करजीले राम्रो गर्नुभएको हो। मलाई त्यो रङ उताबाट पठाईएको थियो। पछि साथीहरुले रङ भनेर अरु नै गैर कानुनी सामान भएको भए के हुन्थ्यो भनेर गाली पनि गर्नुभयो। मैले चाहिँ कलाकारलाई यस्तो माया गर्ने कामनाले पनि कही त्यसो गर्न सक्छ र? मेरो कामना पत्रिका मैले रंग लगिदिएकै कारण रंगिन भएर छापिन्छ भने म लगिदिन्छ भन्ने जवाफ दिएको थिए। केहिपटक ह्ुईयामा केहि नकरात्मक खवर पनि छापिए, तर त्यस्तो कुरालाई वास्ता नगरी अघि बढेँ। कामनाले सधैं सत्थ तथ्य समाचारहरुका साथ प्रविधिलाई आत्मसाथ गर्दै अगाडि बढ्नु शुभ कामना।
कामनाले मेरो करियरलाई साथ दिएको छ
करिश्मा मानन्धर
अभिनेत्री तथा निर्मात्री
कामना ४०औं वर्षमा प्रवेश गरेकोमा हार्दिक शुभ कामना। म कही कतै कामना लेखेको शब्द देखे भने पनि कामना पत्रिका र पुष्करलाल श्रेष्ठजीलाई सम्झिन्छु। कामना नेपालको पहिलो फिल्मी पत्रिका हो। मैले फिल्ममा गरेको ३०,३५ वर्ष भयो होला। मेरो करिअरभन्दा अघि नै कामना ४ पानामा आउथ्यो। पछि म्यागेजिनको रुपमा छापिदा पहिलो अंकमै मेरो कभर फोटो छापिएको थियो। फोटो कन्र्सनमा भिम रानाजीले खिच्नु भएको कामनाको कभरमा छापिएको अझै पनि मलाई याद आउँछ। कामनाले फिल्म र कलाकारहरुलाई समाचारमार्फत सहयोग गर्दै आईरहेको छ। सिने मासिक कामना, स्वास्थ्य सम्बन्धि साधना, नेपाल समाचापत्र दैनिक, सन्ध्याकालिन महनगर र पछिल्लो समय न्यूजअफ नेपालमार्फत समाचार सम्प्रेषण गर्दैै आएको कामनाले कामना फिल्म अवार्ड पनि गर्दै आएको छ। कामनाले म र मेरो कला यात्रालाई दिएको साथ सम्झिईरहन्छु। त्यहि कारण पनि कामना फिल्म अवार्डलगायत कामनाले सम्झिएको ठाउँमा सकेसम्म सहभागी हुने गर्छु। पछिल्लो समय टेक्नोलोजिको विकाससँगै छापा माध्ययम पढ्नेको कमी हुँदै गएको छ। टेक्नोलोजिसंगै अघि बढेर सत्य तथ्य समाचार सम्प्रेषण गर्दै अघि बढ्दै जाओस भन्ने फेरि शुभ कामना दिन चाहन्छु।
कामनाले काखा पाखा गरेको छैन
सरोज खनाल
अभिनेता
सर्वप्रथम कामना न्यूज पब्लिकेसन्स ४०औ वर्षमा प्रवेश गर्दै गरेकोमा यस पब्लिकेसन्ससँग आवद्ध तपाईंहरु सम्पूर्णलाई हृदयदेखि शुभकामना। कामना भन्ने बित्तिकै म मेरो कलाकारिता क्षेत्रको मेरो सुरुवातका दिनलाई सम्झन्छु। त्यति बेला कामना पत्रीकाले नेपाली रंगमञ्च, टेलिभिजन, चलचित्र क्षेत्र र त्यसमा आबद्ध कलाकारको बिकास र प्रबर्द्धन गर्न पुर्याएको योगदानलाई सम्झन्छु। आज जस्तो सामाजिक सञ्जाल नभएको बेलामा पनि कलाकार र दर्शकबिच एउटा सेतुको काम गरेको सम्झन्छु। विषेशत रबिन पियाज्यूले मेरो कार्टुन बनाएर कामनामा जागिर पाउनु भएको कुरालाई स्मरण गर्छु, जुन तस्बिर उहाँले वर्षौं पछि अमेरिकामा हस्तान्तरण गर्नु भएको थियो। र आजप नि साधना मासिक, न्युज अफ नेपाल डट कम र नेपाल समाचारपत्रले चाहे त्यो लघुचित्र होस, या म्युजिक भिडियो, नाटक होस् या ठुलो पर्दाको चलचित्र होस, नयाँ कलाकार हुन या स्थापित कालाकार कुनै भेदभाव नगरी सबैलाई आफ्ना प्रकाशनहरुमा समानरूपले स्थान दिएको छ। कसैलाई काखा र कसैलाई पाखा गर्ने गरेको छैन। यो कुरा अन्य मिडियामा बिरलै देख्न र पढन पाइन्छ।
कामनाको कभरमा आउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो
निरुता सिंह, अभिनेत्री
कामना भन्ने बितिक्कै मलाई आफ्नो करिअर र अतितको याद आउँछ। त्यो बेला अहिलेकोजस्तो प्रविधिको युग थिएन। फिल्मसम्बन्धि सम्पूर्ण जानकारीको लागि कामना पढ्ने गरिन्थ्यो। कामनाको कभर पेजमा कस्को फोटो आयो भन्ने चर्चा हुन्थ्यो। मेरो चाँहि कहिल्यै पनि कभरमा फोटो आएन जस्तो लाग्छ। चर्चित पत्रिकाको फ्रन्ट पेजमा फोटो आए हुन्थ्यो जस्तो महसुुस् त हुन्थ्यो। किनभने त्यसले कलाकारलाई निकै माने राख्थ्यो। को कलाकार के गर्दै छन्, नया कलाकार को आउँदैछन भन्ने कुरा यसैबाट थाहा हुन्थ्यो। अर्को महिनाको कामना कहिले आउला र यसमा फिल्मसम्बन्धि के कस्ता कुरा छापिएलान भन्ने पढ्नलाई कुर्ने गरिन्थ्यो। त्यो बेला म सक्रिय भएकाले एउटा न एउटा समाचार आइरहेको हुन्थ्यो। त्यसैले म कामना भन्ने बितिक्कै आफ्नो अतितलाई सम्झन्छु। हुन त त्यसपछि पनि फिल्म सम्बन्धि अन्य पत्रिका आए, तर मचाँहि फिल्मसम्बन्धि पत्रिका सम्झँदा कामनालाई नै सम्झन्छु। पछिल्लो समय प्रविधिको विकासले फड्को मार्दा पनि छापा माध्यममा आफ्नो यात्रालाई निरन्तरता दिँदै ४० वर्ष पुगेको कामनालाई मेरोतर्फबाट थप उत्तरोत्तर प्रगतीको कामना व्यक्त गर्न चाहन्छु।
कामनामा समाचार आउँदा खुशी लाग्थ्यो
देविका वन्दना
गायिका
कामना पब्लिकेसन्स् ४०औं वर्षमा प्रवेश गरेकोमा शुभकामना। कामना नाम नै काफी छ। कामना भन्ने बित्तिकै मनोरञ्जनपूर्वक, उत्कृष्ट र कलाकारहरुको हितमा लेखिने शब्दहरु धेरै नै राम्रो लाग्छ। कामनाभित्र छापिने फोटो एकदमै उत्कृष्ट लाग्छ। यो मलाई एकदमै मनपर्ने पत्रिका हो। मैले चलचित्रमा गीत गाउँदाखेरि राम्रा राम्रा समाचार लेख्दिनु हुन्थ्यो। आफ्नो समाचार आउँदा निकै खुशी लाग्थ्यो। कामना, नेपाल समाचारपत्र, महानगरलगायत पत्रिकाहरु मलाई निकै मनपर्ने र पढने गरेका पत्रिका हुन्। आफ्नो यात्राको ४० औं वर्षमा प्रवेश गरेकोमा कामना परिवारलाई मेरोतर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु।
पुष्कर दाइ मिस यु
दिपाश्री निरौला,
निर्देशक तथा हास्य अभिनेत्री
वास्तवमै भन्नु पर्दा फिल्मसम्बन्धि निरन्तर प्रकाशनमा आईरहेको पत्रिका कामना, जसले नेपालि सिने जगतलाई जुरुककै बोेकेको छ। यसरी सम्झँदा फिल्मसम्बन्धि सम्पूर्ण प्याकेज भएको चलचित्रको विषयमा खवरहरु थाहा पाईने र समसामयिक विषयमा घोत्लिन पाईने कामनालाई एकमदै धेरै शुभ कामना दिन चाहन्छु। कामनाले चलचित्रकर्मीको बारेमा सम्पूर्ण नालीबेली पाठकलाई खुराकको रुपमा प्रस्तुत गर्दै आएको छ। ताजा समाचारका लागि नेपाल समाचारपत्र, न्यूज अफ नेपाल डट कम, स्वास्थ्यसम्बन्धि जानकारीका लागि साधना सबै गरी सबै किसमका लागि कामनाले आप्mनो प्रकाशनलाई ध्यान दिएको छ। कामनासंगै पुष्कर दाइलाई सम्झन चाहन्छु। पुस्कर दाई मिस यु। मलगायत सम्पूर्ण चलचित्रकर्मीले तपाईलाई सँधै सम्झिने छौं। अहिले यस्तो कम्पिटिशनको जमानामा पनि चालिस वर्ष पूरा गर्नु एकदमै ठूलो चुनौती हो। यहि चुनौतीलाई आत्मसाथ गर्दै कामनाले लिएको यो अग्रतालाई साधुवाद दिन चाहन्छु। अहिले दिरेक सरलगायत सम्पूर्ण टिम मेम्बरलाई सम्झन चाहन्छु। चालिस वर्ष पुग्नको लागि सम्पूर्ण टिम मेम्बरको सहकार्य महत्वपूर्ण छ, त्यसको लागि सम्पूर्ण टिम मेम्बरलाई सलाम गर्न चाहन्छु।
प्रतिक्रिया