नेतृत्व तहमा रहेका नेताहरुले बुद्धका सन्देशलाई आत्मसाथ गर्न जरुरी : गृहमन्त्री पाण्डे



बुटवल। 

लुम्बिनी सरकारका गृहमन्त्री सन्तोष पाण्डेले बुद्ध जन्म भूमी नेपालका सबै नेतृत्व तहमा रहेका राजनैतिक दलका नेताहरुले बुद्धका सन्देशलाई आत्म साथ गर्न नसकेको गुनासो गरे ।

बुद्ध व्यक्ति होईन विचार हो भन्दै  मन्त्री पाण्डेले बुद्धका एकमात्र सन्देश भिक्षादान मागेर खाने  कुरालाई मात्र नेपालका नेताहरुले प्रयोग गरेको भन्दै चिन्ता व्यक्त गरे  । बुद्धका असल सन्देशलाई आत्मसाथ गरेर सबैले दायित्व वहन गर्न जरुरी रहेको मन्त्री पाण्डेले जोड दिए ।

धौलागिरि बहुउद्देश्यीय सहकारी संस्थाको २४ औँ  वार्षिक साधारण सभामा शनिवार बुटवलमा वोल्दै गृहमन्त्री पाण्डेले जिल्लाबाहिर दर्ता भएर शाखा विस्तार गरेका सहकारीले गर्दा सहकारीलाई हेर्ने दृष्टिकोणमा केही समस्या आएको भन्दै प्रदेश सरकारले अब सहकारीको अनुगमन गर्ने बताए ।
उनले विश्वमा नै आर्थिक मन्दी देखिएकोले उद्योगी व्यवसायी र आमनागरिकलाई आत्तिइहाल्ने अवस्था नरहेको भन्दै सहानुभूति दिए ।

 सैनौमैना नगरपालिकाका नगर प्रमुख फणीन्द्र शर्माले मुलुकको आर्थिक विकासका खम्वाका रुपमा रहेको सहकारीमा केहीगलत मनसाय राखेर संचालित सहकारीले गर्दा सिंगो सहकारीमा  नकारात्मक अवस्था देखापरेको भन्दै धौलागिरि बहुउद्देश्यीय सहकारीको अवस्था हेर्दा उत्कृष्ट रहेको औँल्याए ।

 बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले उद्योगी व्यवसायीहरुको व्यवसाय प्रवर्द्धनमा तीनै तहका सरकार गम्भिर हुन जरुरी रहेको बताए।

धौलागिरि बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गोविन्द खनालले सहकारीमा खराव कर्जा नरहेकोले शेयर सदस्यहरु ढुक्क हुन आग्रह गरे । उनले सैनामैनामा सेवाकेन्द्रवाट ६ सय सदस्य बृद्धि र सिस्टर सोसाईटीका माध्यमबाट महिलाहरुलाई शसक्तिकरण गदै आर्थिक लगायत सामाजिक र सांस्कृति अधिकारको अभियानलाई तीव्रता दिएको बताए ।

कार्यक्रममा संस्थाका  उपाध्यक्ष देव प्रसाद खनाल सचिव  ठाकुर घिमिरे नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोख्रेल लगायतले सहकारीको वारेमा प्रकाश पाररेका थिए । साधारण सभाले अध्यक्ष र लेखा समितिका प्रतिवेदन र कोषाध्यक्षको आयव्ययको वार्षिक प्रतिवेदन पारित गरेको थियो । समारोहमा विभिन्न विधामा उत्कृष्टता हासिल गरेकाहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्