प्रधान सेनापति र इजरायली राजदूतबीच भेटघाट


काठमाडाैं  ।

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि इजरायलका का राजदूत डा डेनियल मेउलीबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधान सेनापति  शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसीहित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देश बिच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।