सूर्य नेपाल प्रा.लिद्वारा भूकम्प पीडितका लागि १ करोड ४० लाख सहयोग

0
Shares

काठमाडाैं  ।

सूर्य नेपाल प्रा.लि.ले आफ्नो व्यवसायिक सामाजिक दायित्व अन्तर्गत भूकम्पका कारण जाजरकोट, रुकुम लगायतका जिल्लाहरुमा जनधनको व्यापक क्षति भएकोमा तत्काल उद्दार, राहात तथा पीडितहरुको पुनस्र्थापनामा मद्दत पुर्याउन १ करोड ४० लाख सहयोग गरेको छ ।

रु.१ करोड रुपैँया प्रधानमन्त्री दैबी प्रकोप राहात कोषमा जम्मा हुने गरी आजै कम्पनीका प्रबन्ध निर्देशक रवी रायवरम, भाइस प्रेसिडेन्ट रवी केसी, विकास भुत्रा, दिप्रा लाहिरी र वित्त प्रवन्धक प्रेम अर्यालको टोलीले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेको छ ।

कम्पनीले थप ३५ लाख बराबरको खाद्यान्न, टारपाउलिन र ब्ल्याङ्गकेटहरु जाजरकोट पठाइसकेको छ र साथै ५ लाख बराबरको औषधि वीर अस्पतालको प्रभावित क्षेत्र तर्फ जाने टोलीलाई हस्तान्तरण गरिसकेको सूर्य नेपाल प्रा.लि.ले आधिकारीक जानकारी गराएको छ ।