ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु, दुई जना घाइते

0
Shares

सर्लाही ।

सर्लाहीको गोडैता-८ सिसौटियामा ट्याक्टर पल्टिँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

बिहीबार राति बाँस बोकेको ना ५ त ६१६२ नम्बरको ट्याक्टर सडक छेउमा अनियन्त्रित भएर पल्टिँदा ट्याक्टर चालक गोडैता नगरपालिका – ७ का ४० वर्षीय अखिलेश्वर पटेल र अर्का गोडैता नगरपालिका -८ का २८ वर्षीय शंकर पटेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

त्यसैगरी बाँस लोड गरेर त्यही ट्याक्टरमा सवार मजदुर गोडैता नगरपालिका-८ का २० वर्षीय रुपेश महतो र रौतहट परोहा नगरपालिका-८ का २४ वर्षीय जयप्रकाश पटेल घाइते भएका छन। उनीहरुको प्रादेशिक अस्पताल मलंगवा र वीरगन्जमा उपचार भइरहेको छ। दुर्घटनामा मृत्यु भएका दुवैको शव पोष्टमाटमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ।