१२ लाख भन्दा बढीको लत्ताकपडासहित मोटरसाइकल बरामद

0
Shares

काठमाडौं ।

धनुषामा सशस्त्र प्रहरी बल नेपालद्वारा १२ लाख मुल्य बराबरको अबैध सामान बरामद सशस्त्र प्रहरी बल नेपालले धनुषा जिल्लाको नजकनन्दिनी गाउँपालिका वडा नं.१ ईनर्वा स्थित अड्डा टोल ईलाकाबाट १२ लाख रुपैयाँ भन्दा बढीको मोटरसाइकल र कपडा बरामद गरेको छ ।

धनुषा जिल्ला स्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुर मातहत बि.ओ.पि. ईनर्वाबाट विशेष सुचनाका आधारमा खटिएको टोलिले कार्तिक २० गते राती ११ बजेको समयमा भारतबाट भन्सार छली तीन वटा मोटरसाईकलमा राखी नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ३ लाख ७५ हजार मुल्य बराबरको कपडा र कपडा ल्याउन प्रयोग गरेको अन्दाजी ४ लाख ५० हजार मुल्य बराबरको मोटरसाईकल समेत बरामद गरेको हो ।

साथै सोही रात सशस्त्र प्रहरी बल नेपाल नं.८ गण हे.क्वा.धनुषाबाट खटिएको गस्ती टोलिले जनकपुर स्थित महाविर चोकबाट २ वटा मोटरसाईकलमा अबैध रुपमा ल्याउँदै गरेको अन्दाजी २ लाख मुल्य बराबरको कपडा र कपडा ल्याउन प्रयोग गरेको अन्दाजी २ लाख मुल्य बराबरको मोटरसाईकल समेत बरामद गरेको छ ।

सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखे पश्चात तस्करहरु मोटरसाईकल र सामान छाडी भागेका थिए । उक्त कपडा र मोटरसाईकल गरी जम्मा १२ लाख २५ हजार बराबरको बरामद सामान आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हे.क्वा.धनुषा तथा गण मातहत कार्यालयहरुले चालु आर्थिक वर्षको कार्तिक महिनामा मात्रै ६० लाख भन्दा बढी मुल्य बराबरको अबैध सामान तथा सामान ओसार पसारमा प्रयोग गरिएका सवारी साधनहरु बरामद गरी आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाएका छन् ।