संगीतमा अनुरागको माया नै हो



गायक अमर अनुराग श्रेष्ठको नयाँ गीत माया नै हो सार्वजनिक गरिएको छ। गीतमा विकास गिरीको -यापसमेत छ। गीतको भिडियोमा इन्द्र दोङ लामा (खम्बे), शान्ति बस्नेत, सरु दाहाल, रेश्मा तिमिल्सेना, राजेन्द्र गिरी र समनराज गिरीले अभिनय गरेका छन्।

भिडियोमा अभिनय गर्ने सबै कलाकार हाँस्य श्रृखला हर्के हल्दारका हुन्। सन्तोष राजबाहकको कोरियोग्राफी रहेको भिडियो खम्बे इन्टरटेनमेन्टले निर्माण गरेको हो।

सुस्मिता श्रेष्ठ निर्माता र कलाकार महादेव त्रिपाठी सल्लाहकार रहेको भिडियोको निर्देशन इन्द्र दोङ लामाले गरेका हुन्। भिडियोमा प्रवेश पोखरेलको छायांकन र विजेश पौडेलको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्