भाइटीकाको साइत बिहान १०ः५१ बजे


काठमाडाैं । 

यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत आगामी कार्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटलाई निर्धारण गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै सोको जानकारी दिएको हो ।

‘भाइटीकाको शुभ साइत कार्तिक २९ गते बुधबार बिहान १०ः५१ बजे रहेको जानकारी गराइन्छ’ – समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार कात्तिक २५ गतेदेखि शुरू हुँदै छ । यमपञ्चकको रुपमा मनाइने तिहार चाडमा भाइटीका महत्वपूर्ण र अन्तिम दिन हो । यो दिन विशेष गरी दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिने प्रचलन रहँदै आएको छ । यमपञ्चकको समयमा कुकुरपूजा, कागपूजा, लक्ष्मीपूजा, गोवद्र्धन पूजालगायतका महत्वपूर्ण पूजा गर्ने गरिन्छ ।