जाजरकोट भूकम्पबाट मृत्यु हुनेकाे संख्या दोहोरो विवरण परेकाले सो संख्या घटाइयाे, राहत वितरण जारी


काठमाडौं।

शुक्रबार राति जाजरकोट बारेकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट मृत्यु हुनेकाे संख्या १५७ उल्लेख भएकोमा ४ जनाको दोहोरो विवरण परेकोले सो संख्या घटाइएको छ। भूकम्पबाट कुल मृत्यु हुनेकाे संख्या १५३ रहेकाे जनाएकाे छ  ।

सो घटनामा घाइते भएका २७५ जनामध्ये रुकुम पश्चिममा ५ जाजरकोटमा ३, बाँकेमा ४२१७ काठमाडौँमा २ गरी कुल ७६ जना अस्पतालमा उपचाररत छन् भने बाँकी २९९ जना घाइतेहरु उपचारपयात स्वास्थ्यलाभ गरी घर आज अपराहन ४.३१ मा जाजरकोट जिल्लाको रामीदी केन्द्रबिन्दु भई गएको ४.८ रेक्टर स्केलको पराकम्पनबाट रुकुम पश्चिममा ११ र जाजरकोटमा २ जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

क्षतिको विवरण सहनको लागि क्षति मूल्याङ्कन टोली गाउँगाउँमा खटाइएको हुनाले क्षतिको यकिन विवरण प्राप्त हुने क्रम जारी छ। हाल स्थानीय जनप्रतिनिधि तथा सुरक्षा निकायबाट सङ्कलन भएको प्रारम्भिक तथ्याङ्कका आधारमा राहत सामाग्री वितरण भइरहेको छ। क्षतिको विस्तृत विवरण प्राप्त हुने क्रममा रहेकोले थप विवरण पछि प्रकाशन गरिनेछ ।

सहकार्यमा गृह मन्त्रालयको नेतृत्वमा विभिन्न संघसंस्थाबाट जाजरकोट जिल्लामा ब्याट ३,६५५ धान, कपड़ा १,५०० बान, डसना ३५ थान, सिरक ५४ थान, तन्ना ४२० थान, बेबी प्याक १०० बटा होम टेण्ट ४७ थान वा ३.४०९ धान, म्याट्रेस ५३६ थान, स्लिपिङ व्याग ६२ वान, पि.कम. ५० रोल, बाल्टिन ६६७ थान, सोलार १५३ थान, पानी शुद्धीकरणका लागि पीयुष २७४ वटा, घुम्ती शौचालय ५० वटा, हाइजिन किट २८४ थान र चामल ३०,५५० के.जी., दाल ७९९ के.जी., थाने तेल २६२ कार्टुन, बिउरा १०२ बोरा लगायतका विभिन्न प्रकारका सामाग्रीहरु वितरण भइसकेको छ। त्यसैगरी रुकुम पश्चिम जिल्लामा टेष्ट १० थान, विपात १,००७ वान, म्याट ६०० थान, कम्बल १,००० थान, कपड़ा १५० बान. पि. फम २२ रोन वाल्टिन २६७ वान, तन्ना २०० वान ल्याट ३०० धान, चामल ६।४०० के।जी।, दाल १।१४० के।जी। तेल ३४० लिटर र पानी शुद्धीकरणका लागि पीयुष २६७ वान लगायतका विभिन्न प्रकारका सामाग्रीहरु वितरण भइसकेको छ ।

हालसम्म त्रिपाल ८.३२० थान, स्लिपिङ ब्याग १,३४५ थान, टेण्ट ३५० थान, ल्याट ९० धान लगायतका गैरखाद्य सामाग्री जिल्लामा पठाइसकिएको छ। विभिन्न संघसंस्थाबाट प्राप्त सहयोग समेत गरी हालसम्म यी दुई जिल्लामा पठाइएका गैरखाद्य सामाग्री त्रिपाल १२,६८४ यान, टेण्ट २४९ थान, ब्ल्याट ७.६८५ थान, स्लिपिङ ब्याग ३.२१२ पान, म्याट्रेस २,४१५ धान, पि। फस ७२ रोल लगायतका सामाग्री पठाइएको छ। यसैगरी राहत वितरणका लागि मित्रराष्ट्र भारतबाट त्रिपाल ६२५ थान, स्लिपिङ ब्या २।११२ थान, अल्पा २,२३० थान र टेण्ट १४९ पान प्राप्त भई पठाइसकिएको छ। यसैगरी,  उपप्रधानमन्त्री एवं गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकको निर्णयानुसार ५,५ करोड रुपैयाँ जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा भइसकेको छ ।

राहत वितरणका लागि कर्णाली प्रदेश सरकार काठमाडौं महानगरपालिका, शान्ति नेपाल, द्वारिकाज फाउन्डेशन, मारवाडी सेवा समिति, प्रदेश उद्योग वाणिज्य संघ कर्णाली प्रदेश, नेपाल रेडक्रस सोसाइटी, युनिसेफ, विश्व खाद्य कार्यक्रम, जिल्ला प्रशासन कार्यालय, रुपन्देही, दाङ र किको संयोजनमा विभिन्न स्थानीय तहलगायतका विभिन्न दाताहरुबाट प्राप्त खाप तथा गैरखाद्य सामाग्री उल्लिखित दुई जिल्लामा पठाइएको छ। साथै विभिन्न संघसंस्थाहरुबाट सहयोग प्राप्त हुने क्रम जारी छ।

सबै सहयोगी दाताहरुलाईगृह मन्त्रालय हार्दिक धन्यवाद व्यक्त गरेकाे छ  । राहत वितरणका लागि कुनै व्यक्ति वा संस्थाले रकम तथा सामान सङ्कलन गर्न नपाइने जानकारी गराइनुका साथै स्वस्फूर्त रुपमा दाताहरुबाट प्राप्त सहयोग स्वीकार गरी प्राप्त राहतलाई एकद्वार प्रणाली अपनाई वितरण गर्ने नीति पालनामा सहयोगका लागि सबैप्रति आभार व्यक्त गर्दै भविष्यमा समेत यसको निरन्तरताको अपेक्षा गरिएको छ।