दोलाखमा प्रथम बागमती क्लब स्तरीय फुटबल



दोलखा ।

दोलखा जिल्ला फुटबल संघले आयोजना गरेको बागमती क्लब स्तरीय प्रथम खुल्ला पुरुष फुटबल प्रतियोगीता सोमबारबाट सुरु भएको छ ।

प्रतियोगीतामा दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र धादिङका ११ वटा टिमको सहभागिता रहेको आयोजक दोलखा जिल्ला फुटबल संघले जनाएको छ । प्रतियोगीतामा विजेता टिमलाई दुई लाख ५० हजार नगद, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमलाई एक लाख २५ हजार नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगीताको उद्घाटन बागमती प्रदेशका सांसद भरत बहादुर केसीले गर्नु भएको थियो । दोलखा जिल्ला फुटबल संघका अध्यक्ष कौरब पाण्डेको सभापतित्वमा सम्पन्न प्रतियोगीता उद्घाटन कार्यक्रममा प्रदेश सांसद भरत बहादुर केसी, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी लगायतले मन्तवय व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्