सियारी गाउँपालिकाले भूकम्प प्रभावितका लागि आठ लाख बराबरको राहतसामाग्री प्रदान गर्ने



बुटवल। 

रुपन्देहीको सियारी गाउँपालिकाले भूकम्प प्रभावित क्षेत्रमा आठ लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा प्रदान गर्ने निर्णय गरेको छ ।गाउँपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले दाल, चामल, सोयाविन, डसना, बलाङकेट र २ बर्ष देखि १४ बर्ष भित्रका बालबालिकालाई प्रयोग गर्न मिल्ने सुइटर लगाएतका सामाग्री पठाउने निर्णय गरेको  पालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले बताए ।

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषबाट ५ लाख, गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको १ महिनाको तलब, कार्यपालिका तथा गाउँसभा सदस्यबाट ५ दिन र कर्मचारीबाट १ दिनको तलब बापतको रकमबाट उक्त सामाग्री खरिद गरी पठाउन लागिएको पन्थीले बताए ।

शुक्रबार मध्य राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रबिन्दु बनाएर आएको भूकम्पले ठुलो मात्रामा जनधनको क्षति पु¥याएको थियो।
सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले विपत्तिमा परेका आम नागरिकलाई सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका सबै सियारीवासी नागरिकलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्