जाजरकोटमा फेरि भुकम्पको धक्का



काठमाडौँ।

जाजरकोटमा फेरि चार म्याग्निच्युडमाथिको भूकम्पको धक्का मापन गरिएको छ ।

शनिबार दिउँसो ३ बजेर ४० मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएको ४.२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यो धक्का शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पको परकम्प हो । सो भूकम्पछि हालसम्म १७५ भन्दा धेरै परकम्प मापन भइसकेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्