काठमाडौं ।
नेपालको आन्तरिक पर्यटन प्रवर्ध्दन गर्ने उद्देश्यका साथ गरिएको बुलेट राइड सम्पन्न भएको छ ।
बुलेट सर्भिस सेन्टर बालाजुका सञ्चालक सञ्जय बुढाथोकी (महापुरूष) को आयोजनामा कार्तिक १० गतेबाट काठमाडौ देखि ढोरपाटन शिकार आरक्षसम्मको ६ दिने बुलेट राईड सम्पन्न भएको हो । कार्तिक १५ गते काठमाडौ फर्केपछि उक्त कार्यक्रम सम्पन्न भएको छ । यात्राको क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई नेपालका सुन्दर पर्यटकीय स्थलको प्रवर्ध्दनमा सहयोग पुर्याएकोमा ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर, प्रशासकीय प्रमुख, लायन्स क्लब, स्थानीय क्लबहरू, पत्रकारहरू, होटेल व्यवसायी, स्थानीय जनसमुदायहरूले बाजागाजासहित भव्य स्वागत गरेका थिए ।
उक्त राईडका लागि विभिन्न तवरले सहयोग पुर्याउनु हुने कुमारी अटो ट्रेडिङका टार्जन माली, ओम ग्यासको सञ्चालक नलराज पौडेल, स्टार्ट क्यु ब्याट्री, ब्रम्हायणीका सञ्चालक नवीन मित्तल, लुब्रिक्यान्ट पेट्रोनस मोविल, हेड मेकानिक्स मनिष देवकोटा, सम्पूर्ण बुलेट बाईक राईडरहरूका कारण उक्त राईड सफलतापूर्वक समापन भएको आयोजकले बताएको छ ।
प्रतिक्रिया