पर्यटक आगमनमा उत्साहजनक वृद्धि

कुन देशबाट कति पर्यटक नेपाल भित्रिए ?



काठमाडौं ।

पर्यटक आगमनमा उत्साहजनक वृद्धि देखिएको छ । सन् २०२३ को अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो एक महिनामा नेपाल भित्रिएका पर्यटकको इतिहासमै उच्च संख्या हो ।

यसअघिका महिनाहरूमा मासिक एक लाखसम्म पर्यटक घुम्न आएका थिए। अक्टोबरमा भने पर्यटकको आगमन बढेको छ। कोभिडअघिको तुलनामा अक्टोबरमा १०६.०४ प्रतिशतले बढी भएको बोर्डले जनाएको छ।

कोभिडअघि अर्थात् सन् २०१९ को अक्टाेबरमा एक लाख १० हजार ६२२ पर्यटक नेपाल आएका थिए।

कुन मुलुकबाट कति पर्यटक भित्रिए ?

भारत : १८ हजार ४८०
अमेरिका : १४ हजार ८७९
बेलायत : ८ हजार २१७
चीन : ६ हजार ८८०
अष्ट्रेलिया : ६ हजार ०७५
जर्मनी : ५ हजार ९१६
फ्रान्स : ५ हजार २७१
बंगलादेश : ४ हजार २९२
श्रीलंका : २ हजार ५०७
इटाली : २ हजार ४६७

 

 

प्रतिक्रिया दिनुहोस्