बारमा बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि गोली प्रहार


बारा।
बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफमाथि सोमबार दिउँसो अज्ञात समूहले गोली प्रहार गरेको छ ।

कलैया उपमहानगरको मुख्यबजारमै उनीलाई मोटर साइकलमा आएका दुई जना अज्ञात व्यक्तिले तीन राउण्ड गोली हानेका थिए । गोली लागेर घाइते भएका सर्राफलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि अहिले बीरगञ्जस्थित वयोधा अस्पतालमा लगिएको बताइएको छ।

अहिले घटनास्थलमा प्रहरी पुगेको र गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भैरहेको छ।