भारतीले फेरि शुरू गरिन् अनशन

0
Shares

काठमाडौं ।
बाँकेका योगराज ढकाल (रिगल)लाई सरकारले आममाफी दिएको विरोधमा भारती मानन्धरले फेरि अनशन सुरू गरेकी छन्।
श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले फेरी अनसन सुरु गरेकी हुन्।

श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले विरोध गर्दै आएका छन्।

भारतीले आज ९आइतबार० बाट माइतीघर मण्डलामा पुनः रिले अनसन सुरु गरेकी हुन्। २०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो।