सेनाले दियो महासचिव एन्टोनियो गुटेरेसलाई सम्मान गारत

0
Shares

काठमाडौं ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव  गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आज (आइतबार) काठमाडाैं आइपुगेका हुन् ।

उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका थिए।

सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायतको उपस्थिति थियो।