इजरायल-हमास युद्धमा नेपाली सैनिक गोली लागेर घाइते

0
Shares

काठमाडौं ।

इजरायल र हमासबीचको युद्ध रोक्न दक्षिणी लेवनानमा खटिएको बेला संयुक्त राष्ट्रसंघमा कार्यरत नेपाली शान्ति सैनिक घाइते भएका  छन् ।

हमास नियन्त्रित क्षेत्र गाजा नजिकै भएको युद्धको क्रममा ती सैनिकलाई गोली लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। घाइते हुने नेपाली सैनिकको नाम र ठेगाना भने खुलाइएको छैन। लेबनानको आधिकारिक राष्ट्रिय समाचार संस्थाले पनि नेपाली शान्ति सैनिकको पेट र हातमा गोली लागेको जनाएको छ।