दशैँतिहारमा पर्यटकको रोजाइमा कञ्चनजंघा

0
Shares

ताप्लेजुङ । 

दशैँतिहारको समयमा ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा घुम्न जाने पर्यटक संख्या बढ्दै गएको छ । मौसम खुलेको समय र दशैंतिहारको लामो विदाको समयमा प्राकृतिक सुन्दरतामा रहमाउन चाहनेहरुका लागि पहिलो रोजाइमा कञ्चनजंघा क्षेत्र पर्न गएको हो ।

गत साता इसा लिम्बू ताप्लेजुङको सदरमुकामदेखि कञ्चनजंघा क्षेत्र प्रस्थान गर्नुभयो । प्राकृतिक सुन्दरताको आनन्द लिँदै हिमालहरुको दृश्य अवलोकन गर्नका लागि धरानदेखि कञ्चनजंघा क्षेत्र आउनुभएको हो । उहाँले भन्नुयो– ‘दशैँतिहारका लागि स्कुल बिदाको समयमा यस क्षेत्रमा घुम्न आएको हो ।’ स्नातक तहमा अध्ययनरत लिम्बूले बिदाको समयमा कञ्चनजंघा क्षेत्रमा घुम्न आएको बताउनुभयो । लिम्बूसँगै धरान, झापा, पाँथर जिल्लाबाट १६ जना आन्तरिक पर्यटकहरु कञ्चनजंघा क्षेत्रमा रहेको कुम्भर्कण (फक्ताङलुङ) क्षेत्रको अवलोकन गर्नु प्रस्थान गर्नुभयो ।

सन्त कुमार नेम्बाङले यस वर्षको दशैँ हिमालतिरै बिताउनुभयो । गत फूलपातीको दिन ताप्लेजुङको सदरमुकामदेखि एक टोली लिएर कञ्चनजंघा क्षेत्र प्रवेश गर्नुभयो । लिम्बूको टोलीले कञ्चनजंघा क्षेत्रमा दश दिनसम्म घुम्मघाम गर्ने योजना बनाएर पाँचथरबाट कञ्चनजंघा क्षेत्र आउनुभएको लिम्बूले बताउनुभयो । ग्रिस्टोन माउन्टेन कम्पनी काठमाडौंबाट १७ जान बाह्य पर्यटक लिएर गाइड धनकुमार राई गत टीकाको दिन कञ्चनजंघा प्रवेश गर्नुभयो । अहिले उहाँहरु कञ्चनजंघा आधार शिविर क्षेत्रतिर हुनुहुन्छ ।

कञ्चनजंघा क्षेत्र घुम्नका लागि अन्तरिक तथा बाह्य पर्यटकहरु पहिलो रोजाइमा पर्दै गएको छ । दशैँको समयमा कञ्चनजंघा क्षेत्रमा बाह्य पर्यकहरुको चहलपहल भएको फक्ताङलुङ गाउँपालिका–६ कञ्चनजंघा कञ्चनजंघा प्रवेशद्वारमा अवस्थित घुन्साका होटल व्यवसायी पेमा शेर्पाले बताउनुभयो । विश्वको तेस्रो कञ्चनजंघा हिमाल प्रवेशद्वार घुन्सा बस्तीहरुमा पर्यटकहरुको चलहलपहल बढ्दै गएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय घुन्सा चेक पोस्टका पर्यटन सहायक टाँसी तेन्जिङले बताउनुभयो ।

बाह्य पर्यटकहरुले घुन्सा चेक पोष्टमा अनिवार्य आफ्नो विवरण दर्ता गर्नुपर्दछ । तर आन्तरिक पर्यटकहरुले भने आफ्नो विवरण दर्ता गर्नुपर्दैन, त्यसैले कञ्चनजंघा क्षेत्रमा कति अन्तरिक पर्यटकले अवलोकन गरे भन्न तथ्यांक अहिलेसम्म कसैसँग छैन् । तर प्रत्येक वर्ष कञ्चनजंघा क्षेत्रमा आन्तरिक पर्यटकहरुको पनि आगमन बढ्दै गएको पर्यटन व्यावसायीको भनाइ छ । घुन्सा चेक पोस्टका तथ्यांकअनुसार असोज यता अमेरिका, क्यानडा, कोरिया, जापान, फ्रान्स, जमर्नी, अस्टेलियालगायतका देशबाट ३ सय ५० बाह्य पर्यटक कञ्चनजंघा क्षेत्रमा अवलोकन गर्न पुगेका छन् । अजोस, कात्तिक र मंसिर गरी तीन महिना यस क्षेत्रमा पर्यटकहरु आउने गर्दछन् ।

विश्वको अग्लो कञ्चनजंघा हिमाल क्षेत्रमा अवलोकन गर्न आउने बाह्य पर्यटकहरुको चहलपहल शुरु भएसंगै पर्यटन व्यावसायी उत्साहित भएको शेर्पाले बताउनुभयो । मौसम खुलेपछि कञ्चनजंघा हिमशृंखला टाढैबाट मनमोहक देखिन थालेको छ ।

बेसक्याम्प क्षेत्र झनै सुन्दर छ । हिमाली क्षेत्रको पदयात्रा गर्ने सिजन शुरु भएसँगै यो क्षेत्रमा चहलपहल बढ्न थालेको छ । कोरोनाको प्रकोप हुनुपूर्व बाह्य र आन्तरिक पर्यटकको संख्यामा हरेक वर्ष बढोत्तरी हुँदै गएको थियो । कोरोना कालका केही वर्षपछि यो सिजनमा ठूलो संख्यामा पर्यटक आइपुग्ने अपेक्षा गरिएको घुन्साका पयटन व्यवसायी पेमा शेर्पा बताउनुहुन्छ ।