मुगु हत्याकाण्ड : आमासहित तीन छोराछोरीको हत्या

0
Shares

काठमाडौं ।

मुगुमा एकै परिवारका चार जनाको शव फेला परेको छ।  रारा नगरपालिका-६ मन्दु गाउँकीस्थित चार जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीको अनुसार मृत्यु हुनेमा एकै परिवारका तीन बालबालिकासहित चार जनाको शव र छोराछोरीको भएको खुलेको छ ।

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार छायानाथ रारा नगरपालिका-६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, १ वर्षीया छोरा रहर बोहोरा र ७ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएको बताएका हुन् ।

मृतकमा श्रीमान् वैदेशिक रोजगारीमा रहेको थापाले बताए । कसले किन र के कारण हत्या गरेको हो भन्ने विषयमा  थप अनुसन्धान सुरू गरिएको डिएसपी थापाले जानकारी दिए।