राष्ट्रपतिद्वारा विजयादशमीको टीका थाप्न शीतलनिवासमा सर्वसाधारणको भीड


काठमाडाैं ।

राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिएका छन्। राष्ट्रपतिबाट टीका, प्रसाद ग्रहण गर्न चाहनेहरूलाई मर्यादित पोसाकमा १ नं प्रवेशद्वारबाट राष्ट्रपति कार्यालय प्रवेश गर्ने व्यवस्था गरिएको छ ।

राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टैछट्टै समयको व्यवस्थापन गरेर शीतलनिवासमा टीका र प्रसाद ग्रहणको व्यवस्था मिलाएको थियो।

राष्ट्रपतिबाट टीका, प्रसाद ग्रहण गर्न इच्छुक सम्माननीय, माननीय, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी तथा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरसम्मका राष्ट्र सेवकका लागि अपराह्न २ देखि ३ बजेसम्म समय तोकिएको थियो। त्यस्तै, अन्य सर्वसाधारणका लागि टीका, प्रसाद ग्रहण गर्ने समय अपराह्न ३ देखि ५ बजेसम्म तोकिएको थियो।