बोर्डलाई स्वायत्तता दिलाउन माग



चलचित्र विकास बोर्डलाई सरकार मातहत नराख्न चेतावनी दि“दै फिल्मस“ग सम्बन्धित आठ संघ संस्थाले बोर्डलाई स्वायत्तता प्रदान गर्न माग गरेका छन्।

फिल्मसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा बोर्ड पूर्ण स्वायत्त हुनुपर्ने मागका साथ नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र द्वन्द्व कलाकार संघ, नेपाल चलचित्र नृत्य संघ र आदिवासी जनजाति चलचित्र महासंघले बोर्डका अध्यक्ष भुवन केसीलाई ज्ञापनपत्र बुझाएका हुन्। माग पूरा नभएसम्म बोर्डका कार्यक्रम बहिष्कार गर्ने निर्माता संघका अध्यक्ष खड्काले बताए। ती संस्थाले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पनि ज्ञापनपत्र बुझाएका छन्।

प्रतिक्रिया दिनुहोस्