पब्लिक सूत्रधारको २३ औं वार्षिक साधारण सभा बनेपामा सम्पन्न 



काठमाडौं । पब्लिक सूत्रधार बहुउद्देश्यीय सहकारी संस्था लि.को २३ औं वार्षिक साधारण सभा काभ्रेमा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि काभ्रे जिल्ला समन्वय समितिका उप प्रमुख रिम बहादुर तामाङले कार्यक्रमको उद्घाटन मन्तब्य दिनुहुँदै भन्नुभयो, पब्लिक सुत्रधारको सबै रिपोर्ट हेर्दा अति उत्तम शिष्टमले चलेको र चलाईएको शेयर, बचत पुंजीहरुपनि आवश्यकता अनुसार फिर्ता भएको कुरा सुन्न पाईयो । पब्लिक सुत्रधार सहकारी संस्था काभ्रे जिल्लाको बनेपामा नमूनाको रुपमा स्थापित भएको मैले पाए । आगामी दिनमा पनि यो संस्था देशकै नमूना बनोस र देशभरिबाट अध्ययन अवलोकन गर्न आउँने थलो बन्न सकोस । उत्तरोत्तर प्रगतिको कामना ।
कार्यक्रममा संस्थाका अध्यक्ष महेश कर्माचार्यले सहकारीको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै पब्लिक सुत्रधारले काभ्रे जिल्लाको बनेपामा केन्द्रीय कार्यालय स्थापना गरि काठमाडौको मध्य बानेश्वरमा सेवा केन्द्र र भक्तपुर जिल्लाको सूर्यविनायक घलाटेमा गरि तीन जिल्लाबाट सेवा दिँदै आएको छ । संस्थामा ४ हजार ३ सय २ जना सदस्या संख्या रहेको जानकारी गराउँनुभयो ।  उहाँले हाल बैंक तथा वित्तिय , क्षेत्र सहकारी क्षेत्र, व्यापार व्यवसायमा परेको आर्थिक मन्दी, तरलताको अभाव, कर्जा दुरुपोगिता, घरजग्गा कारोबारमा भएको शिथिलताका कारणले हामी पनि अछुत रहन सकेनौ ।
उहाँले नियमित कार्यक्रमलाई नीति नियम अनुसार निरन्तरता दिँदै यस बर्ष पनि जेष्ठ नागरिक सम्मान, शिक्षा सम्मान, उत्कृष्ट बचत सम्मान, सहकारी उत्कृष्ट कारोवार सम्मान र प्रतिभा सम्मानलाई निरन्तरता दिएको जानकारी गराउँनुभयो ।
बार्षिकोत्सवका अवसरमा खेलकुद, स्वास्थ्य शिविर, रक्तदान, आँखा शिविर, महिलाहरुका लागि सिप मुलक तालीम, सदस्यता स्तर बृद्धि गर्ने कार्यक्रम बनाएको जानकारी गराउँनुभयो । त्यसैगरि उहाँले सदस्यहरुको सहुलियतका लागि स्टार अस्पताल र कएमसी अस्पतालसँग स्वास्थ्य सेवामा छुटको सम्झौता गरेको जानकारी गराउँनुभयो ।
त्यसैगरि सहकारीका सचिव विद्यान जोशीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारी सिद्धान्तको अधिनमा रही समुदायमा छरिएर रहेका स साना पूंजीलाई समेटेर संकलित रकमलाई अधिकतम परिचालन गरि सदस्यहरुको आर्थिक हितमा काम गर्दै आएको जानकारी गराउँनुभयो ।
संस्थाका कोषाध्यक्ष रामशरण हुमागाईले आर्थिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले शेयर पूँजी ३ करोड ५८ लाख ६३ हजार ५सय, निक्षेप ३१ करोड ७० लाख ५८ हजार ५ सय ९६ रुपैया ६३ पैंसा, कर्जा तथा लगानी, २८ करोड ३६ लाख १८ हजार ८ सय १३ रुपैया ७१ पैसा रहेको जानकारी गराउँदै आगामी बर्षको अनुमानित बजेत प्रस्तुत गर्नुभएको थियो ।
सोही अवसरमा कार्याक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले सम्मान तथा पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्