बुद्धराम ८ सय मिटर दौडमा पहिलो



काठमाडौं । जारी प्रधान सेनापति ट्रफीअन्तर्गत एथ्लेटिक्सतर्फका खेल शनिबार हुँदा ८ सय मिटर दौडमा बुद्धराम तामांग पहिलो भएका छन् ।

पुरुषतर्फको उक्त दौड उत्तर पश्चिम पृतनाका बुद्धरामले १ मिनेट ५७ः९४ सेकेण्डमा पुरा गर्दै पहिलो स्थान हासिल गरेका हुन् । दोस्रो स्थानमा नं १६ बाहिनी अड्डाका शंकर श्रेष्ठ भए । विशेष फौज बाहिनीका अकलबहादुर पाल तेस्रो भए ।

यस्तै पुूरुषको ५ हजार मिटर दौडमा पूर्व पृतनाका खडकबहादुर खड्का १५ मिनेट ९ः२२ सेकेण्डको समय लिँदै पहिलो भए । मध्य पूर्वी पृतनाका मोहनदेव जोशी दोस्रो र मध्यपूर्वी पृतनाका गोपाल तामांग तेस्रो स्थानमा रहे ।

सोही दुरीको महिलातर्फ सुदुरपश्चिम पृतनाकी सृजना पाण्डेले पहिलो स्थान हासिल गरिन् । उनले सो दुरी १८ मिनेट ५७ः७६ सेकेण्डमा पुरा गरेकी थिइन् । मध्य पूर्वी पृतनाकी विमला तामांग दोस्रो र मध्यपश्चिम पृतनाकी निर्मला केसी तेस्रो भएका थिए ।

प्रतिक्रिया दिनुहोस्