६० केजी सुन तस्करी प्रकरण: २५ जनालाई थुनामा पठाउन आदेश


काठमाडौं ।

ब्रेक सुभित्र राखेर ल्याइएको ६० केजी सुन तस्करी प्रकरणमा काठमाडौं जिल्ला अदालतले २५ जनालाई थुनामा पठाउने आदेश गरेको छ।

न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले थुनछेक बहसपछि शुक्रबार उक्त आदेश गरेका हुन्। भन्सार एजेन्ट रुक्मिना सुब्बासँग भने ५ लाख रुपैयाँ धरौटी मागिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलले २९ जनालाई प्रतिवादि बनाएर सुन तस्करी र संगठित अपराधमा मुद्धा दायर गरेको थियो। हङकङबाट भन्सारको सामानमा लुकाएर ल्याइएको अवस्थामा राजस्व अनुसन्धान विभागले ६० केजी सुन बरामद गरेको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।