दिमाग खराबको झम्के झमझम



अभिनेता तथा निर्देशक निश्चल बस्नेतले लामो समयको अन्तरालपश्चात् निर्देशन गरेको फिल्म दिमाग खराबमा समावेश झम्के झम झम बोलको गीत सोमबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।

तिहारको अवसर पारेर आगामी कात्तिक २४ गते रिलिजमा आउने फिल्मको भरपुर लाइटिङको व्यवस्थाले तयार पारिएको भव्य आकर्षक सेटमा खिचिएको गीतमा निश्चल बस्नेत, दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, विजय बराल, पुष्कर गुरुङलगायतका कलाकारले नृत्य गरेका छन्। लोक डान्सिङ शैलीको गीतमा बाबुल गिरीको शब्द, संगीत र एरेन्जमेन्ट तथा सुमित खड्का र नम्रता काप्mलेको स्वर रहेको छ। गीतको भिडियो शेखर घर्तीमगरले कोरियोग्राफी गरेका छन्।

सिनेमा आर्टस् र ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा रौनकविक्रम क”डेलद्वारा निर्मित फिल्ममा सुमन कार्की, माओत्से गुरुङ, रमा थपलिया, गौरवी आरएल सिंह, गीत, राजन खतिवडा, डा. केशल सिंह, गीता अधिकारी, कृष्णभक्त महर्जन, धिरज भट्ट, राहुल शिवाकोटी, युगेश खड्का, प्रवीण खरेल, नवीन खड्कालगायतका कलाकारले पनि अभिनय गरेका छन्।

निश्चलले दिमाग खराब आप्mना लागि करिअरको एक महत्वपूर्ण प्रोजेक्ट भएको र फिल्म सोसल–ड्रामामा भएको बताए। ‘यसमा राजनीतिक तत्व पक्कै छन्। तर, यो राजनीतिक होइन, सोसल ड्रामा हो। यसमा आममान्छेको संघर्ष र आक्रोशको कथा छ’ कार्यक्रममा निश्चलले भने ‘मभित्र धेरै समयदेखि राजनीति र समाज अनेकथरि कुरा खेलिरहेका थिए। त्यसैलाई फिल्मको रूप दिएको हँु।’ अभिनेता खगेन्द्र लामिछानेले फिल्ममा एक आममान्छेको भूमिका चित्रण गरेको बताए।

अभिनेत्री स्वस्तिमा खड्काले निश्चल आफूले अहिलेसम्म काम गरेका निर्देशकभन्दा धेरै सजिलो पाएको बताइन्। निश्चल र स्वस्तिमा वैवाहिक दम्पती भए पनि विवाह गरेको सात वर्षपछि दिमाग खराब उनीहरूले सँगै काम गरेको पहिलो फिल्म हो। ‘हाम्रो विवाह भएको सात वर्ष भइसक्यो, जहिले पनि प्रश्न आउँथ्यो– निश्चलको फिल्म कहिले गर्ने? निश्चलले पनि तँ मेरो फिल्म नगर्ने हो भनेर सोधिरहन्थे। त्यसको लागि पनि यो दिमाग खराब एकदमै स्पेसल छ। हजबेन्डको अन्डरमा काम गर्दा एकदमै भिन्न अनुभव हुँदो रहेछ। सानोतिनो म्युजिक भिडियोमा त काम गरिरहेको थिएँ, तर फिल्ममा काम गर्दा चाहिँ हजबेन्डको अन्डरमा छु भन्याजस्तो, केही न केही फिल भएको थियो’ स्वस्तिमाले सुनाइन् ‘निश्चल बस्नेत भनेको यस्तो निर्देशक हो, जसलाई सुटिङ सकिएपछि सबैले धन्यवाद भन्छन् होला। यति सजिलो, चिल र कुल डाइरेक्टर।

अर्की अभिनेत्री सुपुष्पा भट्टले दिमाग खराब आप्mनो लागि कमब्याक फिल्म भएको जनाउँदै निश्चलसँग आगामी प्रोजेक्टमा सहकार्य गर्न मन भएको खुलाइन्। लेखन आकाश बराल, लेखन सुधारक मनोज पण्डित, संगीत जयन जे वाइवा र बाबुल गिरी, द्वन्द्व निर्देशन राजकुमार उप्रेती, ब्याकग्राउन्ड स्कोर रोहित शाक्य, छायांकन सुशन प्रजापति तथा सम्पादन निमेश श्रेष्ठको रहेको फिल्ममा सुरज बम ठकुरी कार्यकारी निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्