अक्सनमा १० खेलाडीलाई अधिकतम मूल्य



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणका लागि खेलाडी अक्सन शनिबार सम्पन्न हुँदा ए ग्रेडका १० खेलाडी अधिकतम मूल्यमा विक्री भएका छन् । ए ग्रेडका २७ खेलाडी अक्सनमा रहेका हुन् । समग्रमा कूल १ सय ७८ खेलाडीमाथि बोली लागेको थियो ।

अधिकतम ३ लाख ५० हजारमा विक्री हुने १० खेलाडीमा ललितपुर सिटी एफसीले तीन खेलाडी अनुबन्ध ग¥यो । दिनेश हेम्जन, सेसेहाङ आङदेबे, सनीश श्रेष्ठलाई ललितपुरले किनेको हो । यस्तै वीरगन्ज युनाइटेड एफसीले सीमान्त थापा र सुदीप गुरुङ गरी २ खेलाडीलाई अधिकतम मूल्य ति¥यो ।

यस्तै अन्यमा झापा एफसीले लाकेन लिम्बु, स्पोर्टिङ मेची डे इलामले आशिष गुरुङ, धनगढी एफसीले कृतिस रत्न छुन्जु, एफसी चितवनले छिरिङ गुरुङ, काठमाडौं रेजर्सले दिपेश गुरुङलाई अधिकतम मूल्यमा किनेका हुन् ।

अक्सनमा ए, बी, सी ग्रेडमा खेलाडी छुटइएको थियो । ए ग्रेडका खेलाडीको न्यूनतम मुल्य १ लाख ५० हजार थियो । त्यस्तै बी ग्रेडका खेलाडीको मुल्य न्युनत्तम १ लाख रुपैयाँ देखि उच्चतम १ लाख ५० हजार रुपैयाँ रहेको थियो । सी ग्रेडका खेलाडीको मुल्य न्युनत्तम ८० हजार र अधिकत्म १ लाख ३० हजार रुपैयाँ रहेको थियो ।

अन्जन झापामा

आगामी मंसीरमा हुने एनएसएलका लागि नेपाली फुटबलका स्टार खेलाडी अञ्जन विष्ट झापा एफसीका मार्की खेलाडी बने । पहिलो संस्करणमा अञ्जन ललितपुर सिटी एफसीका मार्की खेलाडी र कप्तान थिए । उनले उक्त प्रतियोगितामा तीन गोल गर्नुका साथै उत्कृष्ट फरवार्डको पुरस्कार पनि हात पारेका थिए ।

तर, नेपाली फुटबलका उत्कृष्ट खेलाडी नवयुग श्रेष्ठ भने अनसोल्ड भए पनि विश लिस्टबाट विक्री भए । त्रिभुवन आर्मीका नवयुगलाई चितवन एफसीले किनेको हो । पहिलो चरणको अक्सनमा उनी अनसोल्ड भएका थिए । ए ग्रेडका भए पनि उनलाई १ लाख ५० हजारमा किनिएको थियो ।

राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठ भने चितवनका मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । विशाल पहिलो संस्करणमा बुटवल लुम्बिनी एफसीबाट खेलेका थिए । पहिलो संस्करणमा चितवनका मार्की खेलाडी भरत खवास थिए । भरत यसपटक इलामबाट खेल्नेछन् ।

यस्तै त्रिभुवन आर्मीकै अर्का खेलाडी जिलेस्पी जंग कार्की पनि पहिलो चरणमा अनसोल्ड भए । तर, पछि उनलाई बुटवल लुम्बिनीले किनेको हो । २३ वर्षीय एरिक बिष्ट भने बुटवल लुम्बिनीका मार्की खेलाडीको रुपमा अनुबन्ध भए ।

युवा मिडफिल्डर एरिकले ‘ए’ डिभिजन लिगमा पहिलो सहभागीतामा नै चर्च ब्याईज यूनाईटेडलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका खेलेका थिए । उनले एनएसएल जित्ने पनि भने । उनले उत्साहित हुँदै बताए—हामी यो पटक उपाधिका लागि खेल्ने छौं ।

यसैगरी आशिष चौधरीलाई धनगढी एफसीले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । पहिलो संस्करणको उपविजेता बन्दा टोलीका मार्की खेलाडी विशाल राई थिए । तर, उनको स्थानमा धनगढीले २३ वर्षीय आशिषलाई मार्की बनाएको छ ।
नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ ललितपुर सिटी एफसीका मार्की खेलाडी बनेका छन् । अनन्तले ए डिभिजन लिगअन्तर्गत गत सिजनको उपाधि चर्च ब्वाइज युनाइटेडलाई दिलाउन महत्वपूर्ण भुमिका खेलेका थिए । यसैगरी युवा खेलाडी आयुष घलान पोखरा थन्डर्सका मार्की खेलाडी बनेका छन् । आयुष पहिलो संस्करणमा पनि पोखरासँगै आबद्ध थिए ।

विकेश इलाममा

त्रिभुवन आर्मी क्लबका गोलकीपर विकेश कुथुलाई स्पोर्टिङ मेची डे इलामले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । पहिलो संस्करणमा विकेश काठमाडौं रेजर्सका मार्की खेलाडी थिए । कप्तान समेत रहेका उनले टोलीलाई उपाधि दिलाएका थिए ।

अर्का गोलकिपर दिप कार्की वीरगन्ज युनाइटेड एफसीमा मार्की खेलाडीको रूपमा अनुबन्ध भए । दीपले गत सिजनको ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबबाट खेलेका थिए । उनी पहिलो संस्करणमा पोखरा थन्डर्सबाट खेलेका थिए ।
यस्तै हिसुब थपलिया काठमाडौं रेजर्सका मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । गत सिजनको ए डिभिजन लिग उनले जावलाखेल युथ क्लबबाट खेलेका थिए ।

उपेन्द्र वीरगन्जमा

राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंह ५ वर्षपछि फुटबल प्राविधिकका रुपमा अनुबन्ध भएका छन् । पूर्व गोलकिपर उपेन्द्रलाई वीरगन्ज युनाइटेड एफसीले उक्त भुमिकाको जिम्मेवारी दिएको हो । उनले अखिल नेपाल फुटबल संघ (एन्फा) ५ वर्षअघिको निर्वाचनमा उपाध्यक्षमा प्रतिस्पर्धा गर्नका लागि डेपुटी टेक्निकल डाइरेक्टर पदबाट राजीनामा दिएका थिए ।

यस्तै धनगढी एफसीले युगलकिशोर राईलाई मुख्य प्रशिक्षकको जिम्मेवारीमा निरन्तरता दिएको छ । राई पहिलो एनएसएलमा पनि धनगढीमा प्रशिक्षक थिए ।

एनएसएलको दोस्रो संस्करण मंसिर ८ देखि काठमाडौंमा सुरु हुँदैछ । यस सिजनमा पहिले संस्करणका ६ र ३ नयाँ गरि कुल ९ टोलीले प्रतिस्पर्धा गर्दैछन् । विराटनगर भने दोस्रो संस्करणमा सहभागी हुनेछैन । यस संस्करणका नयाँ ३ टोली झापा एफसी, विरगन्ज युनाइटेड एफसी र स्पोर्टिङ्ग मेची डे इलाम रहेका छन् ।

अक्सनमा ए,बी,सी ग्रेडमा खेलाडी छुटइएको थियो । ए ग्रेडका खेलाडीको न्यूनतम मुल्य १ लाख ५० हजार थियो । त्यस्तै बी ग्रेडका खेलाडीको मुल्य न्युनत्तम १ लाख रुपैयाँ देखि उच्चतम १ लाख ५० हजार रुपैयाँ रहेको थियो । त्यस्तै सी ग्रेडका खेलाडीको मुल्य न्युनत्तम ८० हजार र अधिकत्म १ लाख ३० हजार रुपैयाँ रहेको थियो ।

मंसिर ८ गतेबाट सुरु हुने यसपटकको एनएसलमा ९ टोलीले प्रतिस्पर्धा गर्दैछन् । विराटनगर सिटी एफसीले सहभागिता नजनाउने भएपछि पहिलो संस्करणमा खेलेका ६ र नयाँ ३ सहित ९ टोलीले यो संस्करण खेल्नेछन् । प्रत्येक टोलीले अक्सन बाहेक छ विदेशी खेलाडीलाई अनुबन्ध गर्न पाउने छन्। त्यसमध्ये एक पटकमा बढीमा ५ खेलाडी मैदानमा उत्रिने पाउने छन्।

प्रतिक्रिया दिनुहोस्