एमाले कोशी प्रदेश अधिवेशन आज- ओलीले सम्बोधन गर्ने



विराटनगर । धमाधम प्रदेश अधिवेसन गरिररहेको नेकपा एमालेकाे कोशी अधिवेसन आजबाट शुरू हुँदैछ ।

आजबाट शुरू हुने कोशी प्रदेश अधिवेशनको उदघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्दैछन ।

आज र भोलिसम्म चल्ने भनिएको कोशीमा अधिवेशनको उदघाटन सत्रमा पार्टी अध्यक्ष ओलीसहित पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरूको पनि सहभागीता रहनेछ ।

आजदेखि शुरू हुने अधिवेशनमा काेशी प्रदेशका १३७ पालिकाका प्रतिनिधि, २३ जनवर्गीय संगठन, दलित, मजदुरसमेत गरी १०४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने जनाईएको छ । सो अधिवेशनले ५ जना पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्