दाङमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते



Exif_JPEG_420

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि छुटेको यात्रुवाहक बस दाङमा दुर्घटना भएको छ ।

जिल्लाको पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ, लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा २५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कर्णाली प्रदेश ०२–००१ ख ०३६२ नम्बरको बस मंगलबार बिहान दुर्घटना भएको हो । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए ।

बसमा ४५ जना यात्रु सवार थिए । दुर्घटनाको पूर्ण विवरण भने आउन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्