७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल



काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा वाणिज्य विभाग र नापतौल विभागले संयुक्त रूपमा गरेको अनुगमनले कालोबजारी गरेको पाइएपछि कुलेश्वरमा रहेको ठूलो चिनी गोदाम सिल गरेको छ । करिब ७० हजार किलो चिनी भण्डारण गरिएको गुहेश्वरी ट्रेडलिंकको गोदाममा अनुगमनपछि सिल गरिएको हो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले कुलेश्वरमा रहेको गुहेश्वरी ट्रेडलिंकको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएकोले गोदाम सिल गरी चिनीको गुणस्तर परीक्षणका लागि पठाइएको जानकारी दिनुभयो ।

खुद्रा व्यापार संघका अधिकारीहरूका अनुसार १ सय २७ रुपियाँ किलो थोक व्यापारमा चिनी बिक्री गरेर गुहेश्वरीले १ सय ५ रुपियाँको मात्रै बिल दिने गरेको बताइएको छ । दुई साता अघिसम्म १ सय १० रूपियाँ किलोमा बिक्री भइरहेको चिनीको मूल्य पछिल्लो समय एकाएक १ सय ४० रुपियाँसम्म पु¥याइएको छ । श्रेष्ठले नेपाल खाद्य कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीले ९७ रुपियाँमा बेचेको चिनी बजारमा १ सय ५० रुपियाँसम्म बेच्ने गरेको बताउनुभयो ।

बजारमा चिनीको कृत्रिम अभाव देखाएर महँगो दाममा बेच्ने र कालोबजारी गराउने गिरोह खोजी खोजी कारबाही प्रक्रिया थालेसँगै उक्त गोदाममा ठूलो मात्रामा चिनी लुकाएको फेला परेको हो ।

खरीद दर ९७ देखाई १ सय १ रुपियाँमा अरू होलसेललाई बेचेको देखाई ठगी गरेको पाइएको छ । अहिले पेप्सी र कोकजस्ता पेय पदार्थ बनाउन ठूलो परिमाणमा चिनी लुकाएर पठाउने गरिएकोले पनि चिनीको अभाव भएको हो ।

व्यवसायी सन्तोष खेतानको उक्त फर्मले उद्योगहरूबाट सस्तोमा खरिद गरेको चिनी काठमाडौंमा बिल बीजकबिना नै महँगो मूल्यमा बिक्री गरेको भन्दै विभागमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्रशासनले गोदाम सिल गरेको हो ।

कालोबजारसम्बन्धी ऐनले कुनै पनि मालवस्तुमा २० प्रतिशत नाफा लिन नपाईने व्यवस्था गरेको छ । चिनीका तस्करहरूले ५÷६ तह बनाएर आफन्तकै सञ्जाल बनाई कालोबजारी गरेपछि यस्ता कालाबजारीहरूलाई पक्राउ गर्ने अभियानमा जुटेको अनुसन्धान टोली जुटेको हो ।

प्रतिक्रिया दिनुहोस्