क्यानको नेतृत्व चयन आज, अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा



काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन आज हुँदैछ । नयाँ नेतृत्व चयनका लागि नयाँबानेश्वरको एभरेष्ट होटलमा मतदान हुँदैछ ।

निर्वाचन समितिका अनुसार १२ बजे पछि मतदान प्रक्रिया सुरु हुनेछ । शुक्रबार बन्द सत्र तथा साधरणसभा सकिएको थियो ।

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुनेछ ।यस्तै  चतुरको प्यानलमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सचिवमा र उपाध्यक्षमा रोशन सिंह भिड्दैछन् ।

पारसको विरुद्धमा सचिवमा क्यानका केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्ल मैदानमा छन् । यसै गरी नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का पनि सचिव पदमा उठ्ने कुरा भइरहेको छ । निर्वाचन शनिबार हुने छ । क्यानको निर्वाचनमा ८६ जनाले मतदान गर्दै छन् । जित्नका लागि न्यूनतम ४४ मत आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्