इन्डो–प्यासिफिक सैन्य सम्मेलन, प्रधानसेनापति शर्मा भारत जाँदै



काठमाडौं ।

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा भारतको नयाँ दिल्लीमा आयोजना हुने इन्डो प्यासिफिक आर्मिज चिफ कन्फेरेन्समा भाग लिन जाने भएका छन्।

उनी आइतबार भारत जाने नेपाली सेनाले जनाएको छ। सम्मेलन सेप्टेम्बर ८ देखि १० तारिखसम्म हुँदै छ । यो सम्मेलनको तेह्रौँ संस्करण हो। उक्त सम्मेलन दौरान हुने ४५ औँ इन्डो प्यासिफिक आर्मिज म्यानेजमेन्ट सेमिनारमा सहभागी हुन उपरथी योगराज शर्मा र महासेनानी बसन्तबहादुर गौतम पनि जाने नेपाली सेनाले जनाएको छ।

भारत र अमेरिकी सेनाको संयुक्त आयोजनामा यसपटकको इन्डो प्यासिफिक आर्मिज चिफ कन्फेरेन्स हुँदै छ।

प्रतिक्रिया दिनुहोस्