‘हाम्रो कला हाम्रो संस्कृति’ कार्यक्रममा एक दर्जन गायक, कलाकारको प्रस्तुति रहने



काठमाडौं । हिल्स होम थिएटरले यहीँ असोज ५ गते काठमाडौंस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

‘हाम्रो कला हाम्रो संस्कृति–२०८०’ नामक उक्त कार्यक्रममा करिब एक दर्जन चर्चित गायक कलाकारको प्रस्तुति रहने छ ।

गायक, कलाकार प्रकाश सपुत, सत्यराज आचार्य, स्वरुपराज आचार्य, माण्डपी त्रिपाठी, मदनकृष्ण श्रेष्ठ, लोकगायिका राधिका हमाल, हाँस्यकलाकार जितु नेपाल ‘मुन्द्रे’, मनोज गजुरेल, प्रभाकरदेव शर्मालगायत कलाकारको प्रस्तुति रहनेछ ।

गायन, सांस्कृतिक नृत्य, प्रहसन, कमेडी कार्यक्रममा भाषा, कला, संस्कृति क्षेत्रमा योगदान दिएका एक दर्जन पुराना कलाकारलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

सांस्कृतिक संस्थानका वरिष्ठ कार्यक्रम प्रमुख तथा नाटक प्रबन्धक प्रभाकरदेव शर्माका अनुसार ५ गते साँझदेखि हुने कार्यक्रमलाई दिनेश डिसीले सञ्चालन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्