अन्तरविद्यालय तेक्वान्दो उपाधि रिलायन्सलाई



हेटौंडा । हेटौंडा–९ स्थित कृष्णआदर्श इङ्ग्लिस बोर्डिङ स्कुलको आयोजनामा भएको प्रथम अन्तरविद्यालय तेक्वान्दो प्रतियोगिताको उपाधि रिलायन्स बोर्डिङ स्कुलले जितेको छ । भदौ २९ र ३० गते भएको प्रतियोगितामा रिलायन्सले ८ स्वर्ण जित्दै टिम च्याम्पियन भएको होे ।

राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति मकवानपुरको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा आयोजक कृष्णआदर्शले ५ स्वर्ण, ७ रजत जित्दै दोस्रो स्थान हासिल ग¥यो भने ५ स्वर्ण, ३ रजतसाथ माउण्ट एभरेष्ट बोर्डिङ स्कुल तेस्रो स्थानमा रह्यो । प्रतियोगितामा कुल २६ विद्यालयका २ सय ७५ जना खेलाडीसहित विद्यालयका प्रतिनिधि, टिम कोच र अभिभावक गरी ५ सय भन्दा बढीको उपस्थिति थियो ।

प्रतियोगिता सञ्चालनकै क्रममा छात्रालाई अत्मरक्षा तालिमसमेत प्रदान गरिएको थियो । जुन निकै प्रभावकारी भएको उनले बताए । सामुदायिक सेवाकेन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवाकेन्द्र पशुपतिनगरको समन्वयमा छात्रालाई यौनजन्य दुव्र्यवहारविरुद्ध सचेतना तथा आत्मरक्षा तालिम प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्