वडा नं १३ र १४ उपाधिको लागि भिड्ने



काठमाडौं । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधिका लागि वडा नं १३ र वडा नं १४ उपाधिका लागि भिड्ने भएका छन् ।

लैनचौर फुटसल मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमामा वडा नं १४ ले वडा नं ४ लाई १–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । विजयी टोलीका लागि आरोन खड्काले निर्णायक गोल गरे ।

त्यसैगरी अर्को सेमिफाइनलमा वडा नं १३ ले वडा नं २६ लाई २–० ले स्तब्ध पार्दै वडा नं.१४ सँग उपाधि भिडन्त पक्का गरे। वडा नं १३ का लागि दुवै गोल वडा १३ क आशिष कपालीले गरे । फाइनल बुधबार बिहान १० बजे हुनेछ ।

प्रतियोगितामा विजेताले दुई लाख तथा उपविजेताले एक लाख रुपियाँ र ट्रफी प्राप्त गर्नेछन् । । यसैगरी सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलकिपरलाई जनही १० हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्