यशोदालाई ५ लाख आर्थिक सहयोग



काठमाडौं । नेपाल राष्ट्रिय खेलाडी कल्याणकारी कोषले रग्बी खेलाडी यशोदा बोहरालाई उपचार खर्च वापत ५ लाख रुपैयाँ मंगलबार प्रदान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपाल रग्बी संघका प्रशासकीय अधिकृत बासुदेव घिमिरेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

यशोदा नेपालमा भएको यु–२० एसिया रग्बी सेभेन्सको तयारीको प्रशिक्षणका दौरान घाइते भएकी थिइन् । यशोदा यु–१५ साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको टोलीकी सदस्य पनि भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जनाएका छन् । यशोदा हाल साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचाररत छिन् ।

प्रतिक्रिया दिनुहोस्