दर्शकको साथले हौसिएको गण्डकी

रवि सर्वोत्कृष्ट



पोखरा । पोखराको लामाचौरमा तीजको अवसरमा महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयोजना भयो । नवआदर्श सामुदायिक विकास समाजको (नाकोड्स) को आयोजनामा भएको प्रतियोगिताको पुरुषतर्फ गण्डकी प्रदेशको पनि सहभागिता रह्यो । सहभागितामात्रै होइन गण्डकी च्याम्पियन समेत बन्यो ।

गण्डकी च्याम्पियन बन्दै जितको श्रेय भने दर्शकलाई दिइएको छ । गण्डकीको खेल हेर्न विभिन्न ठाउँबाट दर्शकहरु पुगेका थिए । जबजब गण्डकी प्रदेशको खेल हुन्थ्यो तबतब दर्शकले भरिभराउ हुन्थ्यो । सोमबार फाइनल खेल हुनेभएपछि चार हजार दर्शक क्षमताको प्यारापिट भरिभराउ भए ।

आयोजकले सोचेभन्दा बढी दर्शकको उपस्थिति रहेपछि सोमबार टिकट विक्रि नै बन्द गर्नुपरेको थियो । उक्त खेल लाइट प्रोटेस्टका कारण मंगलबारलाई सारियो । घरेलु टिम गण्डकी प्रदेशले इन्द्रराज्यलक्ष्मी मावि परिसर भलिबल कोर्टमा भएको फाइनलको पहिलो सेटमा पुलिसले २५–२३ को जित निकाल्यो ।

पहिलो सेटमै पराजित गण्डकीलाई दर्शकले निराशा हुने अवस्थानै बनाएनन् । उनीहरुले भरपुर समर्थन गर्दै खेलाडीमाथि उर्जा थपिरहेका थिए । जसको कारण दोस्रो सेट गण्डकीले २५–१९ ले आफ्नो पक्षमा पार्दै बराबरी खेल्यो । तेस्रो सेट भने पुलिसले २५–२१ ले आफ्नो पक्षमा पा¥यो ।

दर्शकको समर्थन र खेलमा फर्कन दबाब झेलिरहेको गण्डकीले चौथो सेटमा एक समय २४–२१ को स्थितिमा लय गुमाउन पुग्दा पुलिस हाबी भयो । लगातार तीन अंक बटुल्दै खेल बराबरीमा अंकमा ल्याएका थिए ।

त्यसपछि पुलिस २६–२५ को स्थितिमा पुगेको थियो । दर्शकको कोलाहलले उर्जा दिएको गण्डकीले पुनः अग्रता लिदैंँ चौथो सेट २८–२६ ले आफ्नो पक्षमा पा¥यो । गण्डकीले अन्तिम सेट भने १५–११ को सहज जित निकालेको हो ।

लामाचौरमा हुने भलिबल प्रतियोगिताको अघिल्लो वर्षबाट पुरुष भलिबल थपिएको हो । यो भन्दा पहिला महिला भलिबल मात्रै हुने समयमा दर्शकको सन्तोषजनक उपस्थिति रहन्थ्यो । पुरुष भलिबल थपिएपछि भने लामाचौर भलिबलको मुहारै फेरिएको छ । अघिल्लो वर्षसमेत खचाखच दर्शक तानेको भलिबलले यो वर्ष झण्डै १३ लाख रुपैयाँ टिकटबाट आम्दानी ग¥यो ।

फाइनल खेलमा मात्रै ७ लाख ७४ हजार रुपैयाँभन्दा बढी आम्दानी भयो । नाकोड्सका पुर्व अध्यक्ष तथा प्रतियोगिता अर्थ उपसमिति संयोजक बुद्धि बहादुर शर्माले गण्डकीको खेलले दर्शकको उपस्थिति सोँचे भन्दा धेरै भएको बताए । उनले उपस्थिति मध्ये एक चौथाई दर्शक गण्डकीकै समर्थक रहेको देखिएको सुनाए ।

२०६८ सालदेखी राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता गर्दै आएपनि पुरुषतर्फको प्रतियोगिता थप गरेपश्चात खेल थप रोमाञ्चक बनेको उनले बताए । ‘यो खेलमा दर्शकको उत्साह र हौसलाले पनि गण्डकीलाई प्लस पोइन्ट भयो । हामीले यो पटक करिब १३ लाख रुपैयाँ टिकटबाट मात्रै आम्दानी ग¥यौ ।

गण्डकीको खेल हुँदा दर्शक ह्वात्तै बढेको हामीले पायौं’ उनले भने, ‘अघिल्लो वर्षपनि गण्डकी फाइनलमा पुगेको थियो त्यतिबेला हामीले करिब १२ लाख आम्दानी गरेका थियौं । यो वर्ष अलिकति दर्शक क्षमता बढाएका थियौं ।’

गण्डकीका कप्तान हरि पाण्डेले दर्शकको साथ सामाजिक सञ्जालदेखी भौतिक रुपमा समेत ठुलो साथ मिलेको बताए । ‘सिंगो प्रदेशको टिमलाई यति माया गरेर हौसला दिनुभएको छ । यसका लागि हाम्रो टिमको तर्फबाट धेरै धेरै धन्यवाद । हामीलाई यहाँमात्र होइन हरेक ठाउँमा हुने खेलका लागि समर्थकहरुले निकै सहयोग गर्नुभएको छ । जसले हामीलाई थप उर्जा थपेको छ’ उनले भने ।

गण्डकी प्रदेशका प्रशिक्षक रमेश केसी भावुक हुँदै जितको मुख्य कारण समर्थक रहेको प्रतिक्रिया दिए । ‘समग्रमा खेल राम्रो नै भन्नुपर्छ । हामी च्याम्पियन भयौं (गहभरी आसुँ निकाल्दै भन्छन्) यो हाम्रो जित होइन सम्पुर्ण दर्शकहरुको जित हो ।

रवि सर्वोत्कृष्ट

उपाधि चुमेको गण्डकीले एक लाख ५० हजार रुपैयाँ हासिल ग¥यो । उपविजेता पुलिसले पुरस्कारस्वरुप १ लाख प्राप्त गरेको छ । सशस्त्र प्रहरी बलको एपिएफ क्लब तेस्रो हुँदै ५० हजार पुरस्कार पायो ।

प्रतियोगितामा गण्डकीका रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित भए । गण्डकीलाई उपाधि दिलाउन उनको भूमिका महत्वपूर्ण रह्यो । सर्भिसमा केहि खस्किएपनि उनले स्पाइकमा भने उत्कृष्ट प्रदर्शनी देखाए ।

यस्तै गण्डकीका हरि पाण्डे (उत्कृष्ट ब्लकर), किरण गुरुङ (उत्कृष्ट स्पाइकर) र रमेश केसी (उत्कृष्ट प्रशिक्षक) बने । पुलिसका कुलबहादुर थापा (उत्कृष्ट सर्भर), अभिषेक थापा (उत्कृष्ट सेटर) र भीम गाहा (उत्कृष्ट लिबेरो) घोषित भए ।

प्रतिक्रिया दिनुहोस्