वडा फुटसलको सेमिफाइनल समिकरण पूरा



काठमाडौं । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

प्रतियोगिता अन्तर्गत सोमबारको खेलसँगै वडा नं ४, वडा नं १४, वडा नं २६ र वडा नं १३ सेमिफाइनल प्रवेश गरेका छन् ।

लैनचौरको फुटसल मैदानमा सोमबार भएको पहिलो क्वार्टरफाइनलमा वडा नं १४ ले वडा नं ३२ लाई २–१ ले हरायो । वडा नं १४ का लागि मनिष रानाभाटले दुवै गोल गरे । वडा नं ३२ ले आत्मघाती रुपमा एक गोल प्राप्त गर्यो । विजयी टोलीका प्रकाश थापा मगर म्यान अफ दि म्याच चुनिए ।

दोस्रो क्वार्टरफाइनलमा वडा नं २६ ले वडा नं १५ लाई २–० ले पराजित ग¥यो । विजयी टोलीका लागि प्रशान्त नेपाल रजक र करुण खड्गीले गोल गरे । त्यस्तै, तेस्रो क्वार्टरफाइनलमा वडा नं ४ ले वडा नं १७ माथि ७–१ को फराकिलो जित हासिल ग¥यो । वडा नं ४ का विक्रान्त नरसिंह रानाले दुई तथा प्रजेश अधिकारी, असिम गुरुङ, सरोज थापा, मयंक गुरुङ र म्रियङ गुरुङले गरे । वडा नं १७ का सगन महर्जनको गोल सान्त्वना मात्र बन्यो ।

चौथो तथा अन्तिम क्वार्टरफाइनलमा वडा नं १३ ले वडा नं ११ लाई १–० ले हरायो । वडा नं १३ का लागि अभय रानाले निर्णायक गोल गरे । प्रतियोगिताको सेमिफाइनलमा वडा नं ४ ले वडा नं १४ तथा वडा नं २६ ले वडा नं १३ को सामना गर्नेछ । सेमिफाइनलका खेलहरु मंगलबार हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्