आज हरितालिका तीज- वर्षाको सम्भावना रहेकोले तीज मनाउन हिँड्नेलाई छाता बोक्न आग्रह



काठमाडौं । अहिले देशभरको मौसम सफा छ । तर बिस्तारै बादल लाग्ने र बदली हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।

लुम्बिनी, कर्णाली र सुदूर–पश्चिम प्रदेशसहित बाग्मती र गण्डकी प्रदेशका पहाडी केही ठाउँमा दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । काठमाण्डौ उपत्यकासहित थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

आज तीज तथा विश्वकर्मा पूजा भएकाले मन्दिर पुग्ने र नाचगान गर्न भेला हुनेहरुलाई छाता तथा ओत बोक्न पनि मौसमविद्को सुझाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

साथै नेपालमा राजस्थानको दक्षिण पूर्वी भाग र मध्य प्रदेशको पश्चिमी भाग आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्