अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ



काठमाडौं । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापा बुद्धशान्ति गाउँपालिका–७ सुनमाईबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २८ वर्षीय आषिश राई रहेको प्रहरीले जनाएकोक छ । राईलाई हिजो (शनिबार) साँझ प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यलाय बुधबारेबाट खटिएको प्रहरीले राईको कोठा खानतलासी गर्ने क्रममा उक्त पदार्थसहित उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

त्यस्तै पर्साबाट पनि एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध लागूऔषधसहित जिल्लाको विराटनगर महानगरपालिका–२ ईदगाह चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ४७ पिस, नुर्फिन १ सय ४७ पिस र फेनारगन १ सय ४७ पिससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बारा जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने ५० वर्षीय प्रदिप बोहरा क्षेत्रीलाई हिजो राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कायाृलय पर्साबाट खटेको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

त्यसैगरी सप्तरीको बलानबिहुल गाउँपालिका–१ मल्हनियाँ स्कुलटोलस्थित सडकबाट फेनारगन १ हजार १ सय ७५ एम्पुल, डाइजेपाम १ हजार १ सय ७५ एम्पुल, बुप्रेनुर्फिन १ हजार १ सय७५ एम्पुलसहित सोही ठाउँ बस्ने ३० वर्षीय राजेन्द्र रामलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले स.१ ह ३६८६ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटो चालक रामलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

साथै अनुसन्धानको क्रममा संलग्नता खुल्न आएका थप १ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्