स्रोत नखुलेको तीन लाख रुपैयाँसहित बाँकेमा एक भारतीय पक्राउ



कोहलपुर । बाँकेको सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट तीन लाख रुपैयासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको बहराइच  जिल्लाका  ३० वर्षीय इस्तियाक अहमदलाई  सीमा सुरक्षा गुल्म (बिओपी) जमुनाहले नियन्त्रणमा लिएको हो । युपी ३२ एलएच ३७०४ नंको भारतीय मोटरसाइकलबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई स्रोत नखुलेको तीन लाख रुपैयाँसहित पक्राउ गरिएको हो ।

भारतबाट मोटरसाइलमा नेपालतर्फ आउँदै गरेका अहमदको साथमा फेला परेको सो रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको जिल्ला भन्सार कार्यालयले जनाएको छ । नियन्त्रणमा लिएका उनलाई बरामद रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्