वन मुद्दाका फरार प्रतिवादी पक्राउ



उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत आज वन मुद्दाका फरार प्रतिवादी चौदण्डीगढी नगरपालिका १० हडिया घर भएका वर्ष ४८ का सूर्य नारायण चौधरीलाई पक्राउ गरी जिल्ला अदालत उदयपुरमा बुझाएको छ ।

जिल्ला प्रहरी कायाृलय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरलिे दिएको जानकारी अनुसार पक्राउ परेका चौधरीलाई मिति २०७१ साल भदौ २ गतेको फैसलाले वन मुद्दामा १४ हजार १७ रुपैया जरिवाना भएको थियो ।

फरार प्रतिवादी चौधरीलाई खोज तलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय बेल्टारको गस्तीमा रहेको प्रहरी टोलीले घरमै लुकीछिपी रहेको अवस्थामा पक्राउ गरी इलाका प्रहरी कायाृलय बेल्टार ल्याई आवश्यक सोधपूछ र अनुसन्धान पश्चात फैसला कार्यान्वयनकालाथि उदयपुर जिल्ला अदालतमा बुझाएको सूचना अधिकारी चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्