जोकोभिच क्वार्टरफाइनलमा



वासिंगटन, (एजेन्सी) । सर्वियन स्टार नोभाक जोकोभिच युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

जोकोभिचले क्रोएसियाका बोर्ना गोजोलाई ३–० को सोझो सेटमा पराजित गरेर क्वार्टरफाइनलमा स्थान पक्का गरेका हुन् । उनले तीन सेटको खेल ६–२, ७–५ र ६–४ अंकले आफ्नो पक्षमा पारेका हुन् । जोकोभिचले अब सेमिफाइनल प्रवेशका लागि अमेरिकी खेलाडी टाइलर फ्रिट्जको सामना गर्नेछन् । फ्रिट्सले पनि स्विट्जरल्यान्डका डोमिनिक स्टेफन स्ट्राइकरलाई ७–६ (७–२), ६–४ र ६–४ को सेटमा पराजित अन्तिम आठमा स्थान सुरक्षित गरेका हुन् ।

त्यसैगरी, महिलातर्फ विश्व नम्बर एक इगा स्वायटेक भने अन्तिम १६ बाटै बाहिरिएकी छन् । पोलिस स्टार स्वायटेक अस्ट्रियाकी जेलिना ओस्टापेन्कोसँग ६–३, ३–६ र १–६ ले पराजित भइन् । ओस्टापेन्कोले क्वार्टरफाइनलमा अमेरिकी स्टार कोको गौफको सामना गर्नेछिन् । त्यस्तै, गौफले भने डेनिस खेलाडी क्यारोलिन वोज्नियाकीलाई ६–३, ३–६ र ६–१ ले पराजित गर्दै ओस्टापेन्कोलाई प्रतिद्वन्दी पाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्